समाज


जथाभावी स्वास्थ्य उपकरण खरिद गर्ने अस्पताललाई सरकारले स्पष्टीकरण सोध्ने

जथाभावी स्वास्थ्य उपकरण खरिद गर्ने अस्पताललाई सरकारले स्पष्टीकरण सोध्ने

नेपालखबर
जेठ ५, २०८० शुक्रबार १३:५३, काठमाडौँ

जथाभावी स्वास्थ्य उपकरण खरिद गर्ने अस्पताललाई स्पष्टीकरण सोधिने भएको छ।

शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले कतिपय अस्पतालले आवश्यकता भन्दा बढि स्वास्थ्य सामग्री खरिद गर्ने र थन्किएर बसेकाले अस्पतालहरूलाई स्पष्टीकरण सोध्ने बताए।

उनले दुई वर्षसम्म पनि प्रयोग नभएका वा हुन नसकेका सामानहरू स्वास्थ्य सेवा विभागले फिर्ता लिइ आवश्यकता अनुसार अरु अस्पतालहरूमा मन्त्रालयको सहमतिमा हस्तान्तरण गर्ने बताए। उनले सबै संघीय अस्पतालको उपकरण जाँच गर्ने पनि बताए।

मन्त्री बस्नेतका अनुसार प्रत्येक अस्पताललाई आउँदा दुई वर्षको कार्ययोजना बनाएर पेस गर्नु पर्ने छ।

‘स्वास्थ्य सेवा विभागलाई खरिद एवं वितरण गर्न थप व्यवस्थित गर्न निर्देशन दिएको छु’ उनले भने।

स्वास्थ्यमन्त्री बस्नेतले आन्तरिक सेवा व्यवस्थापन चुस्त बनाउने र अनलाइनबाट टिकट लिएर ओपीडी सेवा १५ दिनभित्र दिइसक्ने व्यवस्था गर्न लागेको बताए।

त्यस्तै सबै संघीय अस्पतालहरुले जनरल, आईसीयू बेड भर्ना र रिक्त बेड कति छन् भनेर दैनिकरुपमा आफ्नो वेभसाइटमा सात दिनभित्र राखिसक्न मन्त्रालयले निर्देशन दिइसकेको समेत उनले बताए।

मन्त्री बस्नेतले भने, ‘आईसीयू, सीसीयू खालि हुने तर गरिबगुर्जा वा पहुँच नभएकालाई छैन भन्ने, तर त्यसकै ठाउँमा मन्त्री सचिव वा पहुँचवालाले भन्दा हुने देखियो। त्यसैले हामीले कति खालि छ भनेर सबै डिटेल वेभसाइटमा राख्न निर्देशन दिएको हो।’

वेभसाइटमा पनि सबै डिटेल राखिदिने र बेला बेलामा मन्त्रालयले अस्पतालमै गएर पनि चेक गर्ने, यदि झुटो भेटिए तत्कालै कारबाही गर्ने चेतावनी पनि मन्त्री बस्नेतले दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .