ad ad

समाज


भारतबाट ल्याउँदै गरेको पौने ८ लाखको लत्ताकपडा बरामद

भारतबाट ल्याउँदै गरेको पौने ८ लाखको लत्ताकपडा बरामद

नेपालखबर
जेठ ३, २०८० बुधबार १८:०, काठमाडौँ

रुपन्देहीको रोहिणी गाउँपालिका–१ स्थित बगाहा इलाकाबाट जेठ ३ गते सशस्त्र प्रहरीले ७ लाख ८२ हजार ८ सय रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको छ।

भारतबाट अबैध रुपले नेपालतर्फ ५ वटा साइकलमा राखेर ल्याउँदै गरेको उल्लेखित मूल्य बराबरको लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डा (बीओपी डण्डा) ले बरामद गरेको  हो।  

सशस्त्र प्रहरीलाई देख्नासाथै साइकल र सामान छाडी व्यक्तिहरु भने फरार भएका थिए।

बरामद लत्ताकपडा र साइकल आवश्यक कारबाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहियामा बुझाइएको सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .