नेपाली कांग्रेसको पदाधिकारी बैठक जारी छ। सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा पार्टी पदाधिकारीहरूको बैठक बसेको हो।
आजको बैठकमा सरकारको नीति तथा कार्यक्रम र आगामी वर्षको बजेट लगायतका विषयहरूमा छलफल हुने बताइएको छ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेसँगै कांग्रेसभित्र तरङ्ग सिर्जना भएको छ। पार्टीभित्रबाटै उनलाई निलम्बन गनुपर्ने माग उठेपछि सभापति देउवा दबाबमा परेका छन्।
आजको बैठकले खाँणको विषयमा निर्णय लिनसक्ने जनाइएको छ।
51
Shares

प्रतिक्रिया