ad ad

राजनीति


ओलीको आरोप– गठबन्धनले राज्यका अंगलाई स्वार्थको साधन बनायो

ओलीको आरोप– गठबन्धनले राज्यका अंगलाई स्वार्थको साधन बनायो

एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बाेधन गर्दै अध्यक्ष केपी शर्मा ओली। तस्बिर : सरोज बैजु


नेपालखबर
बैशाख २८, २०८० बिहिबार १५:५४, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनलाई अनुत्तरदायी, दोहनकारी र अलोकतान्त्रिक शासनको हतियार बनाउने क्रम बढेको टिप्पणी गरेका छन्। बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा ओलीले सो विषय उल्लेख गरेका हुन्। 

‘पछिल्लो समय बिना कुनै सैद्धान्तिक या नीतिगत आधार जो कसैसँग गठबन्धन गर्ने, निर्वाचनमा जसरी पनि जित्नका लागि जो कसैसँग गठबन्धन बनाउने, जस्तासुकै कुकर्म गर्ने र गठबन्धनलाई अनुत्तरदायी, दोहनकारी र अलोकतान्त्रिक शासनको हतियार बनाउने क्रम बढेको छ,’ ओलीले प्रतिवेदनमा उल्लेख गरेका छतन्। 

साथै, अहिले सत्ता गठबन्धनले स्थापित संस्थाहरूप्रतिको प्रहारलाई निरन्तर जारी राखेको उनले आरोप समेत लगाएका छन्। 

‘...राजनीतिक पूर्वाग्रहका आधारमा तत्कालीन राष्ट्रपतिमाथि बारम्बार गरिएको प्रहार होस् या नेपाल राष्ट्र ब्याङ्कजस्ता स्वायत संस्थामाथिको हस्तक्षेप, यो गठबन्धन राज्यका सबै अङ्गलाई भयदोहन गरेर आफ्नो स्वार्थपूर्तिका साधन बनाउन चाहन्छ र त्यसो हुन तयार नहुनेहरूलाई कमजोर र क्षतविक्षत बनाउन चाहन्छ भन्ने स्पष्ट देखिन्छ,’ ओलीले प्रतिवेदनमा भनेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .