ad ad

समाज


अमेरिकामा गाडी दुर्घटनामा परी समीक्षा बाँस्कोटाकी दिदीको निधन

अमेरिकामा गाडी दुर्घटनामा परी समीक्षा बाँस्कोटाकी दिदीको निधन

फाइल तस्बिर : मृतक


नेपालखबर
बैशाख २३, २०८० शनिबार ७:३१, काठमाडौँ

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आईसीसी) को अमेरिकाज क्षेत्रका क्षेत्रीय उपसंयोजक (डीआरसी) रामकुमार सुवेदीलाई पत्नीशोक परेको छ। बिहीबार अमेरिकाको टेक्ससमा भएको गाडी दुर्घटनामा सुवेदीकी धर्मपत्नी प्रमिला सुवेदीको मृत्यु भएको हो। 

छोरालाई विश्वविद्यालय पुर्‍याएर फर्किने क्रममा प्रमिलाले चलाएको गाडीलाई रक्डेल सिटीनजिकै बिहीबार साँझ ट्रकले ठक्कर दिएको हो। ठक्करले ४६ वर्षीया प्रमिलाको घटनास्थलमै निधन भएको हो। 

दिवंगत प्रमिला नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दीपकप्रकाश बाँस्कोटाकी छोरी हुन्। अर्थात् उनी विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बाँस्कोटाकी दिदी हुन्।

हाल ड्यालसमा बसोबासरत सुवेदी परिवार दुई दशकअघि अमेरिका गएको हो। सुवेदी दम्पतीका दुई छोरा छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .