ad ad

राजनीति


रवि लामिछानेलाई पत्रकारको प्रश्न– केपी ओलीबाट प्रधानमन्त्री बन्न प्रस्ताव आएको हो?

रवि लामिछानेलाई पत्रकारको प्रश्न– केपी ओलीबाट प्रधानमन्त्री बन्न प्रस्ताव आएको हो?

फाइल तस्बिर


नेपालखबर
बैशाख २३, २०८० शनिबार ७:५५, काठमाडौँ

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै आफूलाई प्रतिपक्षमा उभ्याइसकेको छ। 

शुक्रबार पार्टी कार्यालय (बसुन्धारा) मा बसेको रास्वपा केन्द्रीय कमिटी र संसदीय दलको संयुक्त बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै प्रतिपक्षमा बस्ने निर्णय गरेको हो। 

यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो दलसँग गठबन्धन गर्न र प्रधानमन्त्री बन्न भनेर रास्वपा सभापति लामिछानेलाई प्रस्ताव गरेको भन्ने चर्चा चलिरहेको थियो। तर यस विषयमा एमाले अध्यक्ष ओलीले आफूले त्यस्तो प्रस्ताव नगरेको तर अखबारहरूमा त्यस्तो कुरा आएको टिप्पणी गरिसकेका छन्। 

यसैबीच पार्टीको बैठकपछि शुक्रबार साँझ आयोजित पत्रकार सम्मेलनमा रास्वपा सभापति लामिछानेलाई पनि सञ्चारकर्मीले सोधे– तपाईंलाई केपी ओलीबाट प्रधानमन्त्रीको प्रस्ताव आएको हो? 

सभापति लामिछानेले यस विषयमा ओलीले नै स्पष्ट पारिसकेकाले यो प्रश्न आवश्यक नभएको प्रतिक्रिया दिए। 

‘उहाँ (ओली) ले नै भनिसकेपछि यो प्रश्न तपाईंले गरिरहनुपर्छ र’, उनले भने, ‘उहाँले नै स्पष्ट पारिहाल्नुभयो नि! मलाई त्यस्तो प्रस्ताव आएको छैन।’  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .