ad ad

समाज


हत्याको ११ दिनपछि निराको अन्त्येष्टि

हत्याको ११ दिनपछि निराको अन्त्येष्टि

नेपालखबर
बैशाख १८, २०८० सोमबार २०:२६, काठमाडौँ

काठमाडौं कपन सरस्वतीनगरकी निरा पाण्डे आचार्यको हत्या भएको ११ दिनपछि अन्त्येष्टि गरिएको छ ।

प्रहरीले आइतबार हत्याका अभियुक्त सार्वजनिक गरेको थियो। 

हत्या आरोपमा शनिबार पक्राउ परेका झापाका विनोद बिकलाई आइतबार काठमाडौं ल्याएर सार्वजनिक गरिएको थियो। 

हत्याका अभियुक्त सार्वजनिक गर्दा पनि आफन्त प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा पुगेका थिए।  

उनीहरूले विनोदले नै हत्या गरेको हो त भनेर पटक पटक सीआईबी प्रमुख किरण बज्रचार्यसँग प्रश्न गरेका थिए। किरणले अहिले उनी संलग्न हुन् भन्ने पुष्टि भइसकेको र अरुको पनि संलग्नता खुले कानुनी दायरामा ल्याउने प्रतिवद्धता जनाएकी थिइन्। 

‘आफन्तले हामीले अबको अन्त्येष्टि गर्दा हुन्छ? भन्दै सोधेका थिए। किरणले जवाफ दिइन् अब त नगर्नु पर्ने केही कारण छ जस्तो मलाई लाग्दैन। हत्यारा उनै हुन्, अरु केही अनुसन्धानमा देखिए हामी ल्याउँछौं,’ उनले भनिन्।

आफन्तले केहीबेर बिनोदले त्यही एउटा सिक्रि लुट्न कै लागि हत्या गरेको हो भन्ने अलिक विश्वास नलागेको बताएका थिए। 

तर प्रमाणले नै पुष्टि भइसकेको भन्दै अन्य कुरा भए अनुसन्धानको दायरामा ल्याउने प्रहरीको बचनपछि आफन्तले शव अन्त्येष्टि गरेका हुन्। 

त्रिवि शिक्षण अस्पतालबाट शव बुझेर निराको आजै पशुपति नाथमा अन्त्येष्टि गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .