ad ad

समाज


सशस्त्र प्रहरीद्वारा लाखौं मूल्यको अवैध सामान बरामद

सशस्त्र प्रहरीद्वारा लाखौं मूल्यको अवैध सामान बरामद

नेपालखबर
पुस २३, २०७६ बुधबार १०:४८,

सीमा क्षेत्रमा हुने अवैध क्रियाकलाप नियन्त्रणमा सशस्त्र प्रहरीबल सक्रिय देखिएको छ। सशस्त्र प्रहरी बल २७ नम्बर गण रुपन्देहीका गणपति प्रहरी उपरीक्षक तेजप्रसाद पोख्रेलका अनुसार सीमा अपराध नियन्त्रणमा जिल्लाका चार विओपी, पाँच वेश र तीन गुल्ममा रहेका पाँचसय सशस्त्र प्रहरीका अधिकृत तथा जवान २४सै घण्टा तयारी अवस्थामा रहेका छन्।

उनले भने, ‘सीमा अपराध, चोरीपैठारी नियन्त्रणमा हामी अलर्ट अवस्थामा छौँ।’ सशस्त्र प्रहरीले सीमामा हुने अवैध क्रियाकलाप रोक्न सक्रियता देखाएसँगै हप्ता दिनमै लाखौं मूल्यको सामान बरामद गरेको छ। विओपी पजरकट्टिले मंगलबार राति रु नौ लाख ८२ हजार १५० बराबरको कपडा बरामद गरेको छ।

पजरकट्टिका रेशम रोक्काको कमाण्डमा खटिएको मोबाइल टोलीले रोहिणी गाउँपालिका–२ मैनिहवाबाट १० बोरा कपडा बरामद गरेको सशस्त्र प्रहरी निरीक्षक सुशीलबाबु पन्तले बताए। बरामद कपडामा लामा ज्याकेट ११ थान, जाकेट १३१ थान, स्वीटर ११५ थान, पाइन्ट २८ थान, सर्ट २० थानलगायत छन्।

यस्तै सशस्त्र प्रहरी बल नेपाल नं ३८ गुल्म राजश्व भन्सार सुरक्षागस्तीको टोलीले पनि पिबी ११ ए डब्लु २८९९ नंको भारतीय नम्बर प्लेटको फोर्ड ब्राण्डको कारसहित मोटरपार्टसका सामान बरामद गरी भैरहवा भन्सार कार्यालय बेलहियामा बुझाइएको जनाएको छ। राजस्व भन्सार सुरक्षा गस्तीले बरामद गरेको कार भन्सार मूल्यअनुसार रु ११ लाख १३ हजार रहेको छ।

यसैगरी गुल्म २७ नम्बरबाट खटिएको टोलीले सिद्धार्थनगर नगरपालिका–६ गल्लामण्डी इलाकामा जाँच गर्ने क्रममा भारतबाट अवैध रुपमा भन्सार छली चोरी पैठारी गरी लु १ च ७१६८ नं को बलेरो सिगल पिकअप प्राइभेट गाडीमा नेपालतर्फ ल्याइँदै गरेको विभिन्न हार्डवयरका सामान बरामद गरेको छ।

गाडी चालक २२ वर्षीय भोला निसादसहित रु नौ लाख २४ हजार छ सय बराबरको समान भन्सार पठाएको छ। भारतबाट अवैध रुपमा भन्सार छलि ल्याउँदै गरेको बुलेट मोटरसाइकलमा प्रयोग हुने २०० लिटर (१० कार्टुन) मोबिल रु एक लाख ४०० बराबरको बरामद गरी भन्सार कार्यालयमा दाखिला गरिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .