ad ad

समाज


अस्ट्रेलियाः डढेलो नलागेको स्थानमा आगो लगाउने २४ जना पक्राउ

अस्ट्रेलियाः डढेलो नलागेको स्थानमा आगो लगाउने २४ जना पक्राउ

नेपालखबर
पुस २३, २०७६ बुधबार ७:३८,

झाडीमा लागेको आगलागीले त्यहाँ संकटको अवस्था निम्त्याएको छ। हालसम्म आगलागीका कारण २४ जनाको मृत्यु भइसकेको छ। कम्तिमा ३ हजार घर जलेर नष्ट भएका छन्।

आगलागी विभिन्न राज्यमा जारी रहँदा प्रहरीले २४ जना व्यक्तिलाई डढेलो नलागेको क्षेत्रमा आगो लगाएको आरोपमा पक्राउ गरेको छ।

प्रहरी तथा अग्नीनियन्त्रकहरु आगो निभाउन लागी परेका छन्। यस क्रममा आगोलाई रोक्न सहयोग गर्नुपर्नेमा २४ व्यक्ति आगो सल्काउने अपराधमा हालै संलग्न भएको अस्ट्रेलियाका प्रहरीले बताएका छन्।

Image result for aus fire

न्यु साउथ वेल्सका विभिन्न क्षेत्रमा उनीहरुले आगो लगाएको सीएनएले जनाएको छ। गत नोभेम्बर यता आगो लगाउने अपराधमा संलग्न १ सय ८३ व्यक्तिलाई प्रहरीले पक्राउ गरिसकेको छ।

उनीहरुमाथि कानुनअनुसार कारवाही हुने बताइएको छ।

Image result for aus fire

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .