ad ad

समाज


सर्लाहीका ‘सुदखोर’ रामबाबु यादव पक्राउ

सर्लाहीका ‘सुदखोर’ रामबाबु यादव पक्राउ

नेपालखबर
पुस २३, २०७६ बुधबार ७:३९,

प्रहरीले सर्लाहीका सुदखोर रामबाबु यादवलाई पक्राउ गरेको छ।

बुधबार दिउँसो उनलाई सर्लाहीको बरथवा नगरपालिकाबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

 प्रहरीले चर्को ब्याज लिने र ऋण दिएको रकमभन्दा तीन गुणाबढीको तमसुक बनाएको आरोपमा पक्राउ गरेको हो।

उनले बन्धकी राख्नेको जग्गा रजिष्ट्रेसन नै पास गरेर लिने र गरिबहरुलाई घरबारविहीन बनाउने गरेको खबर सार्वजनिक भएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। 

यादवको यो कार्यबाट सर्लाही र त्यस आसपासका हजारभन्दा बढी परिवार पीडित भएको बताइएको छ।

पीडितको एक समूह न्याय खोज्दै यतिबेला संघीय राजधानी काठमाडौँ आएको छ।

जनतालाई लाख ऋण दिएर करोडको तमसुक बनाउने रामबाबु रामबाबु राय यादव राजपा केन्द्रीय सदस्य हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .