ad ad

कला


भ्वाइस अफ बुटवलको उपाधि सिद्धार्थलाई

भ्वाइस अफ बुटवलको उपाधि सिद्धार्थलाई

प्रकाश न्यौपाने
पुस २३, २०७६ बुधबार ७:३३,

रुपन्देहीको तिलोत्तमा नगरपालिकाका सिद्धार्थ गैरेले बुटवलमा सञ्चालन गरिएको ‘भ्वाइस अफ बुटवल’को उपाधि जितेका छन्।

तिलोत्तमा ६, मणिग्रामका गैरेले मंगलबार भएको फाइनलमा २१ जना प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेका हुन्।

बुटवल उद्योग बाणिज्य संघले महोत्सवको अवसरमा भ्वाइस अफ बुटवल आयोजना गरेको हो।

फाइनलमा उनले तिलोत्तमा नगरपालिका १ शंकरनगरकी वर्षा ज्ञवालीलाई पछि पारे। ज्ञवाली द्वितीय भएकी छन्। प्रतिस्पर्धामा पाल्पा माथागढीका सन्दिप मगर तृतीय भए। उनीहरुले क्रमशः ६५ हजार ५५५, ३५ हजार ५५५ र २५ हजार ५५५ रुपैयाँ नगदसहित पुरस्कृत भए। बुटवलस्थित एम्स कलेजमा कक्षा १२ मा अध्ययनरत १९ वर्षीय गैरे बुटवलकै बागेश्वरी संगीतालयमा संवित विधामा कक्षा लिइरहेका छन्।

गेरै २०७४ मा तिलोत्तमा भएको व्यापार मेलामा सञ्चालन भएको भ्वाइस अफ तिलोत्तमाको सेकेन्ड रनर अफ हुन सफल भएका थिए। १६ वर्षीया ज्ञवाली दुर्गादत्त माध्यमिक विद्यालय शंकरनगरमा कक्षा १० मा अध्ययनरत छन्।

पाल्पाको माथागढी गाउँपालिका गोठादी घर भई बुटवल कालिकानगरमा बस्ने सन्दीप मायादेवी टेक्निकल कलेजमा डिप्लोमा ईन फार्मेसी अध्ययनसँगै तीन चार वर्षदेखि संगीत बिधा पनि अध्ययन गरिरहेका छन्। भ्वाइस अफ बुटवलको टप पाँचमा प्रतिस्पर्धा गरेका बुटवल ११, देवीनगरका १६ वर्षीय सागर घिमिरे रशुद्धोधन गाउँपालिका ७, भगलापुरकी अञ्जली थारुलाई प्रोत्साहन स्वरुप जनही १० हजार ५५५ रुपैयाँ नगद पुरस्कारसहित गिफ्ट ह्याम्पर प्रदान गरिएको छ।

विजेताहरुलाई बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष तथा मेला कार्यसम्पादन समितिका संयोजक खिमबहादुर हमाल, आधुनिक कार्यक्रम संयोजक मनोज ध्वजु, प्रायोजक गोदरेज किचनका सुमन केसी लगायतले पुरस्कार प्रदान गर । प्रतियोगिताको निर्णायकमा सुरेश सेन्चुरी, नारायण थापा, बसन्त श्रेष्ठ र सुदन बासकोटा थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .