ad ad

समाज


युक्रेनियन विमान दुर्घटनामा सबै १७६ जनाको मृत्यु

युक्रेनियन विमान दुर्घटनामा सबै १७६ जनाको मृत्यु

नेपालखबर
पुस २३, २०७६ बुधबार ६:५७,

तेहरानस्थित इमाम खुमेनी अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्नासाथ बोइङ ७३७ विमान बुधबार बिहानै दुर्घटनामा परेको थियो।

दुर्घटनामा विमानमा सवार सबै १७६ जनाको मृत्यु भएको सीएनएनले जनाएको छ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले विमानका सवार सबैको मृत्यु भएको पुष्टि गर्दै यस घटना दुखदायी भएको बताएका छन्।

विमानमा १६७ यात्रुसहित ९ जना चालक दलका सदस्य थिए।

इरानका सरकारी सञ्चारमाध्यमहरूका अनुसार उक्त विमान युक्रेनको राजधानी किभ जान लागेको थियो।

इरानी समाचार संस्था आइआरएनका अनुसार प्राविधिक समस्याका कारण विमान दुर्घटनामा परेको हो।

A Ukrainian plane crashed near Imam Khomeini Airport in Tehran early Wednesday morning according to Iran's semi-official news agency ISNA.

यद्यपी दुर्घटनाको सम्बन्ध अहिलेको इरान–अमेरिका तनावसँग रहे नरहेको खुलेको छैन।

सन् २०१८ यता बोइङको विमान दुर्घटनामा परेको यो तेस्रो ठूलो घटना हो।

यसअघि बोइङको दुईवटा म्याक्स ७३७ विमान दुर्घटनामा परेपछि हाल म्याक्स ७३७ मोडलका विमान विश्वभर ग्राउन्डेन छन्।

सन् २०१८ अक्टोबर २९ का दिन लायन एयरको फ्लाइट ६१० दुर्घटनामा पर्दा १८९ जनाको मृत्यु भएको थियो।

सन् २०१९ मार्च १० मा इथोपियन एयरलाइन्सको फ्लाइट ३०२ दुर्घटनामा पर्दा १ सय ५७ जनाको मृत्यु भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .