ad ad

समाज


मापसे गरेका श्रीमानले गरे हथौडाले हानेर श्रीमतीको हत्या

मापसे गरेका श्रीमानले गरे हथौडाले हानेर श्रीमतीको हत्या

नेपालखबर
पुस २३, २०७६ बुधबार ६:४८,

रुपन्देहीमा आफ्नै श्रीमतीलाई हथौडाले हानेर हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन्।

मंगलबार राति मादक पदार्थ सेवन गरेर श्रीमतीलाई हथौडाले हानेर हत्या गरेको आरोपमा प्रहरीले रुपन्देहीको सियारी गाउँपालिका–३ का ३० वर्षीय सनी कुमाललाई पक्राउ गरेको हो।

कुमालले गत राति ३० वर्षीया श्रीमती कान्छी सुवेदी कुमालको हथौडाले हानेर हत्या गरेका हुन्।

सामान्य धरयासी विवादमा कुमालले मापसे सेवन गरेर श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले वजनाएको छ।

कुमालाई जिल्ला प्रहरी कार्यालय रुपन्देही र वडा प्रहरी कार्यालयको भैरहवाको संयुक्त टोलीले पक्राउ गरेको हो।

प्रक्राउ परेका कुमाललाइृ हिरासतमा लिई आवश्यक अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .