ad ad

समाज


१८० जना चढेको युक्रेनियन विमान इरानमा खस्यो

१८० जना चढेको युक्रेनियन विमान इरानमा खस्यो

नेपालखबर
पुस २३, २०७६ बुधबार ४:४,

एक सय ८० जना चढेको युक्रेनियन जहाज बुधबार इरानको तेहराननजिकै दुर्घटना भएको छ।

बोइङ ७३७ भएको अनुमान गरिएको विमान तेहरानस्थित इमाम खुमेनी अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्नासाथ केही बेरअघि दुर्घटना भएको स्थानीय मिडियालाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन्।

इरानका सरकारी सञ्चारमाध्यमहरूका अनुसार युक्रेनको राजधानी केइभ जान लागेको थियाे। 

विमान दुर्घटना भएकाे विमानस्थलनजिकैका क्षेत्रमा उद्धार टोली परिचालन गरिएको छ।

समाचार एजेन्सी रोयटर्सका अनुसार इरानको आपतकालीन सेवाका प्रमुख पिरहोसेन कोउलीभान्डले सरकारी टेलिभिजनसँग भनेका छन् : विमानमा आगो लागेको छ र हामीले उद्धारकर्मीहरू त्यसतर्फ पठाएका छौँ, हामीले केही यात्रुहरूलाई बचाउन सक्ने पनि हुन सक्छ। 

दुर्घटनाको सम्बन्ध अहिलेको इरान-अमेरिका तनावसँग रहे नरहेको खुलेकाे छैन।

घटनाबारे विस्तृत जानकारी आउन बाँकी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .