सर्लाहीको गोडैता नगरपालिका-६ बगदहमा रहेको महालक्ष्मी सुगर मिल आज (बुधबार) देखि सञ्चालनमा आउने भएको छ।
किसानलाई भुक्तानी गर्नुपर्ने गत वर्षको बक्यौता रकम मिल सञ्चालक वीरेन्द्र कनौडियाले मङ्गलबार बैंकमा जम्मागरिदिएपछि आजदेखि मिल सञ्चालनमा आउन लागेको हो।
सञ्चालक कनौडियाले ११ करोड २६ लाख भुक्तानीका लागि बेँकमा जम्मा गरेका छन्।
गोडैता नगरपालिका प्रमुख देवेन्द्रकुमार यादवले सञ्चालकले किसानको पाउनुपर्ने रकम जम्मा गरिदिएपछि मिल सञ्चालनमा आउने जानकारी दिए।
मिलले किसानको करीब २१ करोड भुक्तानी गर्न बाँकी छ।
“किसानको खातामा बुधबारदेखि पैसा भुक्तानी हुन्छ”, उनले भने, “किसानको खातामा पैसा राख्ने भएपछि उद्योग पनि आजदेखि सञ्चालन हुन्छ।”
प्रतिक्रिया