ad ad

समाज


काठमाडौँ उपत्यकासहितका ठाउँमा वर्षा जारी, दिउँसो देशभर पानी पर्ने सम्भावना

तराईमा हावाहुरी आउने मौसमविद्को अनुमान
काठमाडौँ उपत्यकासहितका ठाउँमा वर्षा जारी, दिउँसो देशभर पानी पर्ने सम्भावना

फाइल तस्बिर


नेपालखबर
बैशाख ११, २०८० सोमबार ७:२७, काठमाडौँ

अहिले (सोमबार बिहान) काठमाडौँ उपत्यका र गण्डकी प्रदेशमा वर्षा भइरहेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाले दिएको जानकारीअनुसार तत्काल  काठमाडौँ उपत्यकासहित आसपासका क्षेत्र र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको हो। 

‘काठमाडौँ उपत्यकामा गएराति ११:४५ बजेसम्म पानी परेर एकछिन रोकिएको थियो, तर फेरि बिहान ५ बजेतिरदेखि हल्का वर्षा भइरहेको छ’, मौसमविद् झाले भने, ‘उपत्यकाका सबै ठाउँमा पानी परेको छैन, कतै पर्ने, कतै नपर्ने भइरहेको छ, त्यस्तै सुन्दरीजल, धादिङ, भक्तपुरको नगरकोट, काभ्रेको पाँचखालतिर पनि अहिले वर्षा भइरहेको छ।’

मौसमविद् झाका अनुसार बिहान ६ बजेसम्मको अपडेटले गत २४ घण्टामा काठमाडौँ उपत्यकामा ८ मिलिमिटर वर्षा भएको देखाएको छ। 

दिउँसो देशभर वर्षाको सम्भावना
मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज  दिउँसो देशभर आंशिकदेखि सामान्यतया बदली (आकाशमा बादल) रहने छ। देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको  सम्भावना छ। तराईका थोरै स्थानमा हावाहुरीको सम्भावना छ।

‘देशका थोरै स्थान भन्नाले पूर्वदेखि पश्चिमसम्म जहाँ पनि पानी पर्नसक्छ भनिएको हो’, मौसमविद् झाले भने, ‘तर पनि प्रिमनसुन भएकाले देशका सबै पहाडी भेगमा वर्षाको सम्भावना अलि बढी छ, तराईका पनि केही स्थानमा हल्का/क्षणिक खालको वर्षा हुनसक्छ।’

महाशाखाको बुलेटिनअनुसार आज राति लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भेगमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको  सम्भावना छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .