ad ad

खेल


एसीसी प्रिमियर कप– आज नेपाल साउदीसँग भिड्दै, जिते पुग्नेछ सेमिफाइनल

एसीसी प्रिमियर कप– आज नेपाल साउदीसँग भिड्दै, जिते पुग्नेछ सेमिफाइनल

फाइल तस्बिर : नेपाली क्रिकेट टोली


नेपालखबर
बैशाख ११, २०८० सोमबार ७:४४, काठमाडौँ

एसीसी प्रिमियर कप अन्तर्गत आफ्नो तेस्रो खेलमा घरेलु टोली नेपालले आज सोमबार साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै छ। 

माथिल्लो मूलपानी मैदानमा हुने खेल बिहान ९ बजे सुरु हुनेछ। 

नेपाल आजको खेलमा साउदीलाइ हराउँदै सेमिफाइनलमा पुग्न चाहन्छ। उता साउदी पनि उपाधि दाबेदार मानिएको नेपाललाई हराउँदै सेमिफाइनल पुग्ने प्रयासमा छ। 

समूह ए मा रहेको नेपाल २ खेलमा ४ अंक जोड्दै शीर्ष स्थानमा छ। साउदी भने एक खेलमा जित र एक खेलमा हार भोग्दै २ अंकमा चाैथो स्थानमा छ। 

नेपालले समूह चरणको पहिलो खेलमा मलेसियालाई ६ विकेट र दोस्रो खेलमा ओमानलाई ८४ रनको फराकिलो अन्तरले हराएको थियो। 

साउदी भने पहिलो खेलमा मलेसियासँग ८ विकेटले पराजित हुँदा दोस्रो खेलमा कतारलाई ७ विकेटले पाखा लगाएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .