ad ad

समाज


महोत्तरीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा पति-पत्नी र भतिजीको मृत्यु

महोत्तरीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा पति-पत्नी र भतिजीको मृत्यु

फाइल तस्बिर


नेपालखबर
बैशाख ६, २०८० बुधबार १८:२७, सर्लाही

महोत्तरीको गौशालामा बसले मोटरसाइकललाई ठक्कर दिँदा एकै परिवारका तीनजनाको मृत्यु भएको छ। 

बुधबार दिउँसो गौशाला नगरपालिका २ मा बा ३ ख २३९६ नम्बरको बसले मधेश प्रदेश–०१–००४–६८१९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा पति-पत्नीसहित एकैपरिवारका तीनजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

दुर्घटनामा गौशाला नगरपालिका-२ का करिब २७ वर्षीय अमितकुमार मण्डल, उनकी पत्नी करिब २४ वर्षीया अन्जु मण्डल र उनीहरुकी ४ वर्षीया भतिजी अंशु मण्डलको मृत्यु भएको हो। उनीहरु एकै मोटरसाइकलमा सवार थिए।

अमित र अंशुको  बर्दिबासस्थित शुभस्वस्तिक अस्पतालमा र अञ्जुको ट्रमा सेन्टर बर्दिबासमामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि प्रहरीले बस र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .