ad ad

राजनीति


राष्ट्रपति पौडेल एम्स अस्पतालको आईसीयूमा भर्ना

राष्ट्रपति पौडेल एम्स अस्पतालको आईसीयूमा भर्ना

नेपालखबर
बैशाख ६, २०८० बुधबार १८:३५, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलको भारतको नयाँ दिल्लीस्थित एम्स अस्पतालको आईसीयूमा भर्ना भएका छन्। 

राष्ट्रपति पौडेललाई एम्स अस्पतालका प्लमोनरी, क्रिटिकल केयर तथा स्लिप मेडिसिन विभागका प्रमुख प्राडा अनन्त मोहन र आईसीयू विज्ञ डा पुनीत मिश्रको टोलीले उपचार गरिरहेको छ। 

अस्पतालले सबै स्वास्थ्य परीक्षण गर्ने र २/३ दिनपछि नर्मल बेडमा सार्ने जानकारी दिएको नयाँ दिल्लीमै रहेका राष्ट्रपपतिका निजी चिकित्सक डा. निरज बमको भनाई उदृत गर्दै प्रेस संयोजक खिला कार्कीले नेपालखबरसँग भने।

‘तपाईंहरुले गर्नुभएको उपचार विधि उत्कृष्ट थियो। हाम्रो नियम, प्राटोकलअनुसार हामी सबै कुराको परीक्षण आफ्नै ढंगले गर्छौं’ एम्सका चिकित्सकले डा बमसँग भने, ‘माइक्रो लेबलमा एनलाइसिस गर्छौं। २/३ दिनमा नर्मल बेडमा सार्छौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .