ad ad

समाज


प्रथम बेलायती अन्तरीक्षयात्री भन्छिन्ः एलियन छन्, हामीले नदेखेको मात्रै हो

प्रथम बेलायती अन्तरीक्षयात्री भन्छिन्ः एलियन छन्, हामीले नदेखेको मात्रै हो

नेपालखबर
पुस २२, २०७६ मंगलबार ८:५५,

बेलायतको पहिलो अन्तरीक्षयात्री हेलेन सरम्यानले निश्चय नै एलियन अस्तित्वमा रहेको बताएकी छन्।

सन् १९९२ मा मिर स्पेस स्टेसन पुगेकी सरम्यानले भनेकी छन्, ‘एलियन हुन्छन्, यसमा अन्याथा हुनै सक्दैन।

‘ब्रम्हाण्डमा अर्बौँअर्ब तारा छन्। त्यहाँ जीवनको अनेकौँ रुप हुनुपर्छ,’ उनको भनाइ दि अब्जर्भरले उधृत गरेको छ, ‘के उनीहरु मजस्तै देखिन्छन्? अथवा कार्बन र नाइट्रोजनले बनेका हुन्छन्? त्यो चाहिँ नहुन सक्छ।’

‘एलियन पृथ्वीमै हुन पनि सक्छन्, जसलाई हामीले नदेखेको मात्रै हो,’ उनले थपेकी छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .