ad ad

समाज


अस्पतालकै कर्मचारीको मिलेमतोमा बिरामी निजीमा पठाइन्छः स्वास्थ्यमन्त्री

अस्पतालकै कर्मचारीको मिलेमतोमा बिरामी निजीमा पठाइन्छः स्वास्थ्यमन्त्री

नेपालखबर
पुस २२, २०७६ मंगलबार ८:५५,

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले अस्पतालकै कर्मचारीहरुको मिलेमतोमा विरामीहरुलाई निजी अस्पतालमा पठाइने गरिएको बताएका छन्।

कान्ति बाल अस्पतालको वार्षिकोत्सव कार्यक्रममा स्वस्थ्यमन्त्री ढकालले अस्पतालका जिम्मेवार कर्मचारी, एम्बुलेन्स चालक र ट्याक्सी चालकको मिलेमतोमा विरामी निजी अस्पताल पठाउने गरेको पाइएको बताएका हुन्। आस्थाको केन्द्र अस्पताल भएपनि आफै विरामी भयो भने विरामीहरुको हालत स्वभाविक रुपमा निको नहुने भन्दै ढकालले उपचारका लागि सरकारी अस्पतालमा आउने विरामीलाई निजीमा पठाउने गरिएको बताए।

‘धेरै अस्पतालमा विरामीहरु सुरुमा सरकारीमा आउँछन्। बिचको अवधिमा काजमा बाहिर जान्छन्। फेरि सरकारी अस्पतालमै आउँछन् भन्ने कुरा सुनेको छु’, उनले भने, ‘जिम्मेवार कर्मचारी, एम्बुलेन्स चालक र ट्याक्सी चालकसम्मको मिलेमतोमा सरकारीबाट अर्को ठाउँमा पु-याए बाफत कमिसन लिन्छन र विरामी त्यही थला पर्छ। अन्तिममा फेरि बिरामी पार नलागेपछि सरकारी अस्पतालमै काज फिर्ता गराउँछन्।’

मन्त्री ढकालले चिकित्सकहरुको आचरण र व्यवहारमा सुधार गर्न सकेमात्रै सरकारी अस्पतालको अवस्था सुधार गर्न सकिने बताए। निजी क्लिनिकहरुको घेराबन्दीमा अस्पताल पर्नु राम्रो नभएको मन्त्री ढकालले बताए।
उनले कर्मचारी सरुवा गर्दा शुल्क बुझाउने परिपाटीको निर्ममतापूर्वक अन्त्य गर्ने र औषधि खरिदबिक्रिमा हुने कमिसनको खेल अन्त्य गर्ने प्रतिवद्धता समेत जनाए।

मन्त्री ढकालले आफ्नो कार्यकालमा मेडिकल काउन्सिललाई पूर्णता दिएको, नर्सिङ काउन्सिलमा एक सदस्यबाहेक सबैमा पदपूर्ति गरेको बताए। कर्मचारी समायोजन र केही संरचनागत कुराहरु पुरा गर्नुपर्ने दायित्व आफ्नो रहेको बताउँदै मन्त्री ढकालले सबै पक्षबाट सहयोगको अपेक्षा समेत गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .