ad ad

समाज


भरतपुर महानगरमा मेट्रोरेल चलाउन चीनसँग प्रस्ताव

भरतपुर महानगरमा मेट्रोरेल चलाउन चीनसँग प्रस्ताव

नेपालखबर
चैत २९, २०७९ बुधबार १५:२०, काठमाडौँ

चितवनको भरतपुर महानगरपालिका क्षेत्रमा मेट्रो रेल चलाउन चीनसँग प्रस्ताव गरिएको छ।

आफूलाई भेट्न आइपुगेका नेपालस्थित चिनियाँ राजदूत चेन सोङसँग महानगरपालिकाकी प्रमुख रेणु दाहालले उक्त प्रस्ताव गरेकी हुन्। 

भरतपुर महानगरकै कार्यालयमा बुधबार भएको भेटवार्ता क्रममा मेट्रोरेलसहित केही विकास आयोजनामा सहयोगका लागि रेणुले चिनियाँ राजदूतसँग प्रस्ताव राखेकी हुन्। 

दाहालले भरतपुर महानगरीय मेट्रो रेल र नेपाल-चाइना मैत्रीपार्क निर्माणका लागि सहयोग प्रस्ताव राजदूत चेन सोङसँग गरेकी हुन्। 

दाहालले भरतपुरको विकासमा चिनियाँ प्राविधिक समूह उपलब्ध गराई नमूना महानगर निर्माणमा साथ दिन पनि आग्रह गरेकी छन्। 

उक्त भेटका क्रममा आपसी हित, दुई देशबीचको सम्बन्ध, भरतपुरसँग भगिनी सम्बन्ध भएका सहर, विकासमा भरतपुर र चीनबीच गर्न सकिने सहकार्यबारे पनि कुरा भएको उनले बताइन्। 

भरतपुरको शिक्षा, स्वास्थ्य, पर्यटन र अन्य क्षेत्रमा चीनको आवश्यक स्रोतसाधनको उपलब्धताले दीगो विकासमा सहयोग दाहालको भनाइ थियो। 

मेयर दाहालले भरतपुर भ्रमण वर्ष २०२४ मा चिनियाँ राजदूत चेनमार्फत चिनियाँ पर्यटकलाई पनि निम्तो दिएकी छन्। 

राजदूत चेनले भेटपछि भरतपुर भ्रमण वर्ष २०२४ मा चीनबाट बढीभन्दा बढी पर्यटक आउने वातावरण निर्माण गर्ने वचन दिए। 

उनले भरतपुरमा भइरहेको विकास निर्माणबारे आफू जानकार रहेको पनि बताए। सात सदस्यीय टोलीसहित भरतपुर पुगेका उनले त्यहाँको विकासका कामको स्थलगत अवलोकन पनि गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .