समाज


मेलम्ची खानेपानीः तीन दिनभित्र रकम दाबी गर्न ठेकेदार, मजदुर र सप्लायर्सलाई आग्रह

मेलम्ची खानेपानीः  तीन दिनभित्र रकम दाबी गर्न ठेकेदार, मजदुर र सप्लायर्सलाई आग्रह

नेपालखबर
असार १२, २०७६ बिहिबार ६:४०,

 मेलम्ची खानेपानी आयोजनाको काम सञ्चालन गर्न बनेको कार्यदलले आन्दोलनरत स्थानीय ठेकेदार, मजदुर र सप्लायर्सलाई तीन दिनभित्र रकम दाबी गर्न आग्रह गरेको छ। बुधबार आयोजनाको काम सञ्चालन गर्न बनेको कार्यदल बैठकले रकम दाबी गरी कार्यदललाई बुझाउन आग्रह गरेको हो।

मेलम्ची खानेपानी आयोजना निर्माणको काम इटालियन कम्पनी सीएमसीले छाडेपछि बाँकी रकमको माग गर्दै आन्दोलन गरिरहेकालाई तीन दिनभित्र आधिकारिक प्रमाणसहित आफ्नो भुक्तानी लिन बाँकी रकम दाबी गरी कार्यदललाई बुझाउन आग्रह गरेको छ।

मेलम्ची खानेपानी आयोजनाको ठेक्का प्राप्त गरी काम गर्न पुगेको कम्पनीलाई यसअघि फर्काइदिएका स्थानीय ठेकेदारले गत सोमबार बसेको बैठकमा दुई बुँदे सहमतिपछि काम सञ्चालन गर्न दिने सहमति भएको थियो।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङको अगुवाइमा मेलम्चीमा भएको सरोकारवालाहरुको बैठकमा सो सहमति जुटेको हो । असार २१ भित्र माग सम्बोधन गर्ने गरी सुनुवाइ नभए फेरि पनि आयोजनाको काममा अवरोध गर्ने स्थानीय सङ्घर्ष समितिका अध्यक्ष उत्तरकुमार श्रेष्ठले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad