रिलायन्स लाइफ इन्स्योरेन्सले आम नागरिकमा जीवन बीमाबारे जनचेतना अभिवृद्धि गर्ने हेतुले तथा ग्राहक वर्ग र रिलायन्स साथी (अभिकर्ता)मा थप सेवा चौबीसै घण्टा ३ सय ६५ दिन प्रदान गर्नका लागि सम्पर्क केन्द्र सञ्चालनमा ल्याएको छ।
सो सम्पर्क केन्द्रको उद्घाटन बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईं र रिलायन्स लाइफ इन्स्योरेन्स लिका अध्यक्ष तारा चन्द केडियाले संयुक्त रुपमा गरेका हुन्।
यस सम्पर्क केन्द्रबाट आम नागरिकले जीवन बीमा, कम्पनी तथा कम्पनीको योजनाहरुबारे परामर्श लिनुका साथै ग्राहक र रिलायन्स साथी (अभिकर्ता)ले सल्लाह, सुझाव र गुनासा आदि ४७८७२२४ मा फोन वा कम्पनीको अधिकारिक फेसबुक, ट्वीटर,वेबसाइट, इमेल वा मोबाइल एपमार्फत आफूलाई पायक पर्ने माध्यमबाट प्रेसित वा प्राप्त गर्न सक्नेछन्।
नेपालको जीवन बीमा इतिहासमा पहिलो पटक प्रदान गरिएको यो सेवाले समस्त बीमा क्षेत्रको सेवा गुणस्तर वृद्धिमा एक उल्लेखनीय योगदान प्रदान गर्ने कम्पनीले विश्वास लिएको छ।

प्रतिक्रिया