समाज


आज धेरै ठाउँमा घाम लाग्ने तर बेलुकाबाट फेरि पश्चिमी वायु

आज धेरै ठाउँमा घाम लाग्ने तर बेलुकाबाट फेरि पश्चिमी वायु

नेपालखबर
पुस २१, २०७६ सोमबार १:५५,

आज (सोमबार) देशभरजसो सामान्यतया मौसम सफा रहने मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिम र पूर्वका एक/दुइ स्थानमा भने हल्का वर्षाको सम्भावना छ।

केही स्थानबाहेक आज मुलुकका धेरै ठाउँमा घाम लाग्ने सम्भावना रहेको मौसमविद् विभूति पोखरेलले जानकारी दिइन्।

तर आज (सोमबार) बेलुका फेरि पश्चिमी वायुको न्यून चापीय प्रणाली प्रवेश गर्ने सम्भावना छ।

‘आज बेलुकी पश्चिमबाट पुनः पश्चिमी न्यून चापीय प्रणाली प्रवेश गर्ने देखिन्छ,’ मौसमविद् पोखरेलले भनिन्, ‘यो यसअघिको जस्तो शक्तिशाली त देखिएको छैन तर देशका उच्च पहाडी र हिमाली भेगमा हिमपात गराउने सम्भावना छ।’

साथै पश्चिमका केही स्थानमा वर्षासमेत गराउने सम्भावना रहेको उनले बताइन्। ‘मध्य र तराई क्षेत्रमा भने वर्षा हुने देखिन्न,’ उनले भनिन्, ‘तर चिसो सबै ठाउँमा बढ्ने सम्भावना छ।’

हिमपात भने पश्चिमदेखि पूर्वसम्मैका उच्च पहाडी तथा हिमाली भेगमा हुने सम्भावना रहेको उनले बताइन्।

पश्चिमी वायुकै कारण केही दिनदेखि हिमपात र वर्षाका कारण कष्टकर भएको जनजीवन आइतबारदेखि केही सामान्य भएको थियो।

यसैबीच काठमाडौं उपत्यकामा अहिले आंशिक बदली भएको छ। तर आज दिउँसो घाम लाग्ने सम्भावना रहेको मौसमविद् पोखरेलले जानकारी दिइन्। 

उनका अनुसार सोमबार बिहान साढे ६ बजे गरिएको मापनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १.६ डिग्री सेल्सियस छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad