छापा खबर


कर्णालीमा यसकारण लोप हुँदै छन् डल्फिन

कर्णालीमा यसकारण लोप हुँदै छन् डल्फिन

नेपालखबर
पुस २१, २०७६ सोमबार २:२६,

कर्णाली नदीमा डल्फिन देखिन छाडेका छन् । कर्णालीको चिसापानीमा रहेका होटेलबाट उत्पादन भएको फोहोर सीधै नदीमा मिसाउँदा पानी दूषित भई डल्फिन मरेका हुन सक्ने अनुमान बर्दिया राष्ट्रिय निकुञ्जले गरेको छ।

होटेल व्यवसायीले कर्णाली नदीमा फालेको फोहोरले पानी दूषित भई डल्फिन मरेका हुन सक्ने बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए ।

कर्णाली नदीमा ५/६ वर्षअघिसम्म १२ वटा डल्फिन थिए । ‘गत वर्षसम्म चारवटासम्म डल्फिन देखिँदै थिए,’ बरालले भने, ‘तर यस वर्ष एउटा पनि डल्फिन देखिएको छैन । कर्णालीमा डल्फिन लोप हुँदै गएको अनुमान हामीले गरेका छौँ ।’
यो खबर आजको नयाँ पत्रिका दैनिकमा बाँकेबाट विश्वराज पछडङ्ग्याले लेखेका छन्।

चिसापानीमा ठूला–साना दुई दर्जन बढी होटेल छन् । सिद्धार्थ होलेटसहित त्यहाँका सबैजसो होटेलबाट उत्पादन भएको फोहोर सीधै नदीमा फाल्ने गरिएको छ । ‘होटेलको फोहोर नदीमा मिसाउँदा प्रदूषणले नदीमा वनस्पतिसमेत उम्रिन छोडेको छ,’ बरालले भने, ‘पानी दूषित भएपछि डल्फिनसँगै माछा र गोही पनि देखिन छाडेका छन् ।’

निकुञ्ज आसपासका बस्तीबाट सिर्जित फोहोरसमेत नदीमै मिसाउने गरिएको छ । यसले पनि डल्फिन लोप हुँदै गएको निकुञ्ज प्रशासनको भनाइ छ ।

‘होटेलमा उत्पादन भएको फोहोर नदीमा नफाल्न आग्रह गर्दा पनि सुनुवाइ हुँदैन,’ प्रमुख संरक्षण अधिकृत बरालले भने, ‘होटेलको फोहोर नदीमा नमिसाउनुस् भन्दा राजनीतिक दलबाट थेग्न नसक्ने दबाब आउँछ । राम्रो काम गर्दा पनि जस पाइने अवस्था छैन ।’

चिसापानीस्थित सिद्धार्थ होटलका म्यानेजर केशव न्यौपानेले भने पछिल्लो समय आफ्नो होटलको फोहोर नदीमा नमिसाएको दाबी गरे । तर स्थानीय केही होटेल व्यवसायी भने फोहोर विसर्जन गर्ने अन्य विकल्प नहुँदा नदीमा मिसाउने गरेको बताएका छन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad