समाज


इजरायलले आक्रमण गरेको दक्षिण लेबनानमा तैनाथ नेपाली सैनिक सुरक्षित : सेना

इजरायलले आक्रमण गरेको दक्षिण लेबनानमा तैनाथ नेपाली सैनिक सुरक्षित : सेना

नेपालखबर
चैत २४, २०७९ शुक्रबार २०:१०, काठमाडौँ

इजरायली सेनाले रकेट आक्रमण गरेको लेबनानको सीमावर्ती क्षेत्रमा रहेका नेपाली सैनिक सुरक्षित रहेको नेपाली सेनाले जनाएको छ।

दक्षिणी लेबनानमा प्रमुख सेनानीको नेतृत्वमा ८ सय ५० जना नेपाली शान्ति सैनिक तैनाथ छन्। 

सो क्षेत्रबाट बिहीबार दर्जनौँ रकेट इजरायलतर्फ प्रहार भएको थियो। त्यसको बदलामा इजरायली सेनाले शुक्रबार बिहानैदेखि रकेट आक्रमण गरेको थियो।

नेपाली शान्ति सैनिकहरु इजरायलले आक्रमण गरेको ठाउँबाट दुई घण्टा टाढा तैनाथ रहेको र सबै सुरक्षित रहेको सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए।

‘गोलाबारी अहिले रोकिएको छ। नेपाली सैनिकहरु सुरक्षित छन् र उनीहरु बंकरबाहिर निस्केका छन्,’ प्रवक्ता भण्डारीले भने, ‘सैनिकहरुले उच्च सुरक्षा सतर्कता अपनाएका छन्।’

राष्ट्रसंघ नेतृत्वको इन्टेरिम फोर्स इन लेबनानमा ४७ देशका करिब १० हजार सैनिक सो क्षेत्रमा तैनाथ छन्। जसलाई ‘ब्लु लाइन’ पनि भन्ने गरिन्छ। 

सो फोर्सका प्रवक्ताले पछिल्ला केही दिनका गतिविधि खतरनाक रहेको र त्यसले द्वन्द्व चर्काउन सक्ने चेतावनी दिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .