समाज


सिन्धुपाल्चोकका बाढी पीडित ११ परिवारलाई जग्गा दिइने

सिन्धुपाल्चोकका बाढी पीडित ११  परिवारलाई जग्गा दिइने

फाइल तस्बिर


रासस
चैत २४, २०७९ शुक्रबार ७:६, काठमाडौँ

सिन्धुपाल्चोकको याङ्ग्री लार्केमा आएको बाढीबाट प्रभावित ११ परिवारलाई जग्गा उपलब्ध गराइने भएको छ। उनीहरूको स्थायी आवासका लागि जग्गा खरिद सम्झौता गरिएको छ।

उनीहरू पाँचपोखरी थाङ्पाल गाउँपालिकाको उत्तरी भेग याङ्ग्री लार्के खोलामा २०७८ असार १ गते आएको बाढीबाट प्रभावित भएका थिए।

मनसुनजन्य विपद् प्रभावित निजी आवास पुनःनिर्माण तथा पुनःस्थापना अनुदान कार्यविधि, २०७७ बमोजिम याङ्ग्री दलित बस्तीका ११ घर परिवारलाई स्थायी आवास निर्माणका लागि जग्गा खरिद गरी सम्झौता गरिएको गाउँपालिका अध्यक्ष टासी लामाले बताए।

बाढीबाट प्रभावित एक सय ७९ घरधुरी लाभग्राही कायम भएका छन्। 

यीमध्ये १३ घर पुनःनिर्माण र बाँकीलाई पुनःस्थापना गर्नुपर्ने गाउँपालिकाका विपद् फोकलपर्सन तथा सूचना प्रविधि अधिकृत नारायण बञ्जरा क्षेत्रीले जानकारी दिए। अहिलेसम्म २२ लाभग्राहीको जग्गा खरिद भएको र पाँचले घर निर्माण सम्पन्न गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत कृष्णहरि पौडेलले जानकारी दिए।

बाढीबाट प्रभावितलाई आवास निर्माणका लागि रु पाँच लाख तथा जग्गा नहुनेलाई थप रु तीन लाख सरकारले दिने बताएको छ। यसमा गाउँपालिकाले १० र नगरले १५ प्रतिशत  साझेदारी गर्नुपर्ने छ। विसं २०७८ असार १ गते र त्यसपछिको बाढीले हेलम्बु, मेलम्ची र पाँचपोखरीमा गरी बाढीले पाँच सय ५१ घर बगाएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad