ad ad

समाज


नेपाली सेनालाई वर्ल्ड बुक अफ रेकर्डस लन्डनबाट प्रमाणपत्र

नेपाली सेनालाई वर्ल्ड बुक अफ रेकर्डस लन्डनबाट प्रमाणपत्र

नेपालखबर
चैत १७, २०७९ शुक्रबार २०:१, काठमाडौँ

नेपाली सेनाले गत फागुन ४ गते ५५८ जनाले एकैपटक मादल बजाएर कीर्तिमानी कायम गरेको वर्ल्ड बुक अफ रेकर्डस लन्डनबाट प्रमाणपत्र प्राप्त गरेको छ।

वर्ल्ड बुक अफ रेकर्डसका प्रतिनिधिहरुले नेपाली सेनाका ५५८ जनाले एकैसाथ मादलबाट विभिन्न धुनहरु प्रस्तुत गरेर कायम गरेको विश्व कीर्तिमानको मूल प्रमाण–पत्र प्रधान सेनापति प्रभुराम शर्मालाई हस्तान्तरण गरे। 

श्री जनसम्पर्क तथा सूचना निर्देशनालयको स्थापना दिवस अर्थात डीपीआर एण्ड आईका अवसरमा शुक्रबार जङ्गी अड्‍डामा आयोजित कार्यक्रममा प्रधानसेनापति शर्माले विभिन्न विधामा पुरस्कार समेत वितरण गरे।

समारोहमा नेपाली सेना लघु चलचित्र प्रतियोगिता–२०७९ का उत्कृष्ट पाँच चलचित्र प्रदर्शन तथा पुरस्कार वितरण, सेना दिवस समारोह २०७९ को अवसरमा प्रकाशित सिपाही वार्षिक र सैनिक कमाण्ड तथा स्टाफ कलेजद्वारा यस वर्ष प्रकाशित शिवपुरी जर्नलका उत्कृष्ट लेख रचनाका सर्जकहरु एवं मूल्याङ्कन समितिका सदस्यहरुलाई प्रमाण–पत्र तथा पुरस्कार वितरण गरिएको थियो। 

कार्यक्रममा नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरुका साथै लघु चलचित्र प्रतियोगिता तथा सिपाही र शिवपुरी जर्नलका मूल्याङ्कन समितिका सदस्यहरु, लघु चलचित्र प्रतियोगीहरु, प्राध्यापक, लेखक, सञ्‍चारकर्मी, कलाकार लगायतको उपस्थिती थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .