आयुर्वेद क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा नेविसंघका किरण लम्साल निर्वाचित भएका छन्।
क्याम्पसमा आज सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेविसंघको पुरै प्यानल नै विजयी भएको छ।
निर्वाचनमा चार दलीय गठबन्धनका विद्यार्थी संगठनहरु अनेरास्ववियु, अनेरास्ववियू क्रान्तिकारी, अनेरास्ववियू, नेपाल क्रन्तिकारी विद्यार्थी संघ र नेपाल विद्यार्थी संघबीच प्रतिस्पर्धा भएको थियो।
कुल खसेको मत मध्ये नेविसंघका किरण लम्सालले ७४ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी अनेरास्ववियुका प्रविण भुसालले ६६ मत प्राप्त गरेका छन्।
नेविसंघको तर्फबाट सचिवमा प्रेमराज जोशी, कोषाध्यक्षमा प्रतिक्षा दाहाल तथा सदस्यमा सुलभ न्यौपाने, दुर्गा भवानी खड्का र एलिना ओझा निर्वाचित भएका छन्।
3
Shares
प्रतिक्रिया