पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको दमकमा ट्रकले अटोरिक्सालाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। तीन घाइते भएका छन्।
झापा प्रहरीका अनुसार दमक-९ स्थित क्याम्पसमोडमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे१ह ४९१९ नंको अटोरिक्सालाई विपरीत दिशाबाट आइरहेको भारतीय नम्बरको बीआर०७जीएच७८ को ट्रकले शनिबार राति ठक्कर दिएको हो।
दुर्घटनामा अटोरिक्साका चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु भएको हो। प्रहरीका अनुसार दमक नगरपालिका-९ का अटोरिक्सा चालक हरिबहादुर भुजेल र अर्का एक जनाको मत्यु भएको हो। उनको पहिचान खुल्न सकेको छैन।
दुर्घटनामा अटोरिक्सामा सवार तीनै जना घाइतेको स्थानीय लाइफलाइन अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिएका छन्। ठक्कर दिने ट्रकसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
पुस २०, २०७६, शनिबार
प्रतिक्रिया