ad ad

छापा खबर


नेपालको राष्ट्रिय खेल कुन हो?

नेपालको राष्ट्रिय खेल कुन हो?

नेपालखबर
पुस २०, २०७६ आइतबार २:४३,

युवा तथा खेलकुद मन्त्रालयले ५ फागुन ०७५ मा राष्ट्रिय सभामा दर्ता गराएको खेलकुद विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ मा छलफलका लागि विधायन व्यवस्था समितिले सरोकारवालालाई बोलाएको थियो।

समिति बैठकमा सांसदहरूले प्रश्न राख्नुअघि नै नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्माले प्रश्न गरे, ‘नेपालको राष्ट्रिय खेल के हो त माननीयज्यूहरू?’

उनको प्रश्नमा धेरै माननीय मौन नै बसे। केही डन्डीबियो र केहीले कपर्दी नै नेपालको राष्ट्रिय खेल भएको तर्क गरे। जबकि ८ जेठ ०७४ मा बसेको मन्त्रिपरिषद् बैठकले नेपालको राष्ट्रिय खेल भलिबल घोषणा गरिसकेको थियो। 

कानुन निर्माण गर्ने जनप्रतिनिधिलाई नै राष्ट्रिय खेलबारे समेत जानकारी नभएबाट भलिबल संघका अध्यक्ष शर्मा अचम्मित छन्। यो खबर आज आइतबारको नेपाल साप्ताहिकमा पवन आचार्यले लेखेका छन्।

शर्माको प्रश्न छ, ‘राष्ट्रिय खेलकै बारेमा जानकारी नभएका सांसदहरूले कसरी नेपाली खेलकुदको विकासका लागि मार्गप्रशस्त गर्लान्?’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .