ad ad

समाज


चैत २५ गते नर्भिकमा प्रोस्टेट बिरामीलक्षित बृहत कार्यक्रम हुने, हेल्थ प्याकेजमा भारी छुट

चैत २५ गते नर्भिकमा प्रोस्टेट बिरामीलक्षित बृहत कार्यक्रम हुने, हेल्थ प्याकेजमा भारी छुट

नेपालखबर
चैत १४, २०७९ मंगलबार १४:५४, काठमाडौँ

यस वर्षको विश्व स्वास्थ्य दिवस(वल्र्ड हेल्थ डे)को अवसर पारेर थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले प्रोस्टेट ग्रन्थीको समस्या भएका बिरामीलक्षित विशेष अभियान सञ्चालनको घोषणा गरेको छ । 

आउँदो चैत २५ गते शनिबारको दिन पारेर नर्भिकले विशेष छुटसहितको बृहत् निःशुल्क जनचेतनामूलक कार्यक्रम आयोजना गर्ने हस्पिटलका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले जानकारी दिए। 

यो कार्यक्रममा सहभागी हुनेहरुलाई निःशुल्क यूरिन डिपस्टिक टेस्टको व्यवस्था समेत गरिएको अस्पतालले जनाएको छ । 

साथै, प्रोस्टेटसम्बन्धी समस्याबाट पीडितको उपचारका लागि अस्पतालमा उपलब्ध प्याकेजमा ३० प्रतिशत भारी छुटको स्किम समेत सार्वजनिक गरिएको छ । 

यसैगरी, सो कार्यक्रममा प्रोस्टेट स्पेशिफिक एन्टीजेन (पीएसए)को परीक्षण शुल्कमा समेत १५ प्रतिशत छुट उपलब्ध हुनेछ । 

शनिवार बिहान ८ बजेदेखि सो बृहत् जनचेतनामूलक कार्यक्रम नर्भिकको नर्सिङ ट्रेनिङ हलमा आयोजना हुने बताइएको छ । 

कार्यक्रममा सहभागीले वरिष्ठ यूरोलोजिस्ट डा. सुनिल श्रेष्ठ र यूरोलोजिष्ट डा. सञ्जिवभक्त बिष्ट नेतृत्वको टिमबाट निःशुल्क परामर्श सेवा तथा जाँचको सुविधा पाउनेछन् ।

प्रोस्टेट ग्रन्थीका बिरामीले वल्र्ड हेल्थ डेको अवसर पारेर सार्वजनिक हेल्थ प्याकेज तथा जाँचमा छुटको सुविधा लिन तथा निःशुल्क जनचेतनामूलक कार्यक्रममा सहभागी हुन अनलाइनबाट नाम दर्ता गर्नुपर्ने अस्पतालले जनाएको छ। 

यो लिंक (यहाँ क्लिक गर्नुहोस्) मा क्लिक गरी नाम दर्ता गराउन सकिनेछ वा ०१५९७००३२ मा समेत फोन गरी थप बुझ्न सकिने सेवा उपलब्ध गराइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .