ad ad

समाज


जनही ५ हजार धरौटी तिरेर छुटे प्रधानमन्त्रीविरुद्ध नारा लगाउने तीन युवा

जनही ५ हजार धरौटी तिरेर छुटे प्रधानमन्त्रीविरुद्ध नारा लगाउने तीन युवा

फाइल तस्बिर


नेपालखबर
चैत १४, २०७९ मंगलबार १४:३२, काठमाडौँ

गत चैत ७ गते काठमाडौंको थापागाउँमा आयोजित ५८ औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन दिवस (२१ मार्च) लाई सम्बोधन गर्न पुगेका  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध नाराबाजी गर्ने तीनै युवा जनही ५ हजार धरौटी बुझाएर छुटेका छन्। 

प्रचण्डविरुद्ध नाराबाजी गर्ने ती युवाविरुद्ध अभद्र व्यवहारको कसूरमा मुद्दा चलाइएकोमा जिल्ला प्रशासन कार्यालयले जनही ५-५ हजार रुपैयाँ धरौटी माग गरेको थियो। 

प्रशासनले मागेको धरौटी नतिरेपछि सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बागलुङका ३० वर्षीय सोम शर्मा र बझाङका १८ वर्षीय विप्लव खड्का आइतवार जेल चलान भएका थिए। तर उनीहरु मंगलबार प्रशासनमा जनही ५/५ हजार धरौटी बुझाएर डिल्ली बजार जेलबाट रिहा भएका हुन् 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजालका अनुसार जिल्ला प्रशासन कार्यालयले मागेको जनही ५ हजार धरौटी तिरेपछि उनीहरु रिहा भएका हुन्। यसअघि धरौटी तिर्न अस्वीकार गरेपछि तीनैजनालाई आइतवार नै डिल्ली बजार चलान गरिएको थियो।

जिल्ला प्रशसन कार्यालय स्रोतले आइतवार मागिएको धरौटी तिर्न अस्वीकार गरेपछि उनीहरु जेल चलान भएका जनाएको थियो। 

चैत ७ गते प्रचण्ड उक्त कार्यक्रमका लागि हलमा छिर्नेबित्तिकै यी तीन युवाले गरिबमारा भन्दै नाराबाजी गरेका थिए।

प्रचण्डविरुद्ध चर्को नाराबाजी गरेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिंदा मुख थुनेको थियो जसको व्यापक आलोचना भएको थियो।

उनीहरुले ‘गरिबमारा प्रचण्ड मुर्दावाद, मूल्यवृद्धि खारेज गर्, नालायक सरकार होसियार, मिटर ब्याज ब्याक गर्, युवाहरुलाई मार्न पाइँदैन, यस्तो सरकार चाहिँदैन जस्ता नारा लगाएका थिए। 

प्रचण्डको चर्को आलोचनासहित नाराबाजी गरेपछि प्रहरीले मुख थुन्दै उनीहरुलाई कार्यक्रमस्थलबाट बाहिर निकालेको थियो। 

ती युवाले 'आतंककारी प्रचण्ड मुर्दावाद'को नारासमेत लगाउन भ्याएका थिए।उनीहरुलाई नारा लगाउन नदिन प्रहरीले मुख थुनिदिएको थियो भने लछारपछार पार्दै पार्टी प्यालेसबाट बाहिर निकालेको थियो। त्यसपछि प्रचण्ड केहीबेर भाषण गरेर त्यहाँबाट बाहिरिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .