समाज


चार स्थानमा राजमार्ग पूर्ण अवरुद्ध, दुई ठाउँमा सवारी सञ्चालन रोक

चार स्थानमा राजमार्ग पूर्ण अवरुद्ध, दुई ठाउँमा सवारी सञ्चालन रोक

नेपालखबर
असार ३१, २०८३ बुधबार १९:५०, काठमाडौँ

लगातारको वर्षा र पहिरोका कारण देशभरका चार वटा मुख्य राजमार्ग अवरुद्ध भएका छन्।

नेपाल प्रहरीका अनुसार अविरल वर्षाका कारण मेची राजमार्गको इलाम नगरपालिका ९ राजदुवालीमा झापादेखि ताप्लेजुङ सडक अवरुद्ध भएको छ। 

यस्तै, पहिरोका कारण अरनिको राजमार्ग अन्तर्गत भोटेकोसी गाउँपालिका २ र ४ मा सडक अवरुद्ध भएको छ। 

यता, सालझण्डी–ढोरपाटन सडकखण्ड अन्तर्गत अर्घाखाँचीको पाणिनी गाउँपालिका २ ढुङ्ग्रेखोलामा पनि पहिरोका कारण सडक अवरुद्ध भएको छ।

प्रहरीले बुधबार साँझ जारी गरेको सूचना अनुसार बीपी राजमार्ग र कान्ति लोकपथमा सम्भाविक जोखिमका कारण यातायात सञ्चालनमा रोक लगाइएको छ।

हेरौँ, कहाँ कहाँ छ सडक अवरुद्ध?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad