गत चैत ७ गते काठमाडौंको थापागाउँमा आयोजित ५८ औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन दिवस (२१ मार्च) लाई सम्बोधन गर्न पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध नाराबाजी गर्नै तीनै युवा जेल चलान भएका छन्।
प्रचण्डविरुद्ध नाराबाजी गर्ने ती युवाविरुद्ध अभद्र व्यवहारको कसूरमा मुद्दा चलाइएकोमा जिल्ला प्रशासन कार्यालयले जनही ५-५ हजार रुपैयाँ धरौटी माग गरेको थियो।
प्रधानमन्त्रीको कार्यक्रममा प्रहरीले युवाहरुको मुख थुनेको विषय संसदमा पुग्यो
प्रशासनले मागेको धरौटी नतिरेपछि सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बागलुङका ३० वर्षीय सोम शर्मा र बझाङका १८ वर्षीय विप्लव खड्का जेल चलान भएका हुन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजालका अनुसार जिल्ला प्रशासन कार्यालयले मागेको जनही ५ हजार धरौटी तिर्न नसकेपछि उनीहरु तीनैजनालाई आइतवार नै डिल्ली बजार चलान गरिएको छ।
जिल्ला प्रशसन कार्यालय स्रोतले भने आइतवार मागिएको धरौटी तिर्न अस्वीकार गरेपछि उनीहरु जेल चलान भएका हुन्।
जेल चलान भएपछि अहिले उनीहरुको तर्फबाट बन्दीप्रत्यक्षीकरणको रिट सर्वोच्च अदालत दर्ता गरिँदैछ।
चैत ७ गते प्रचण्ड उक्त कार्यक्रमका लागि हलमा छिर्नेबित्तिकै यी तीन युवाले गरिबमारा भन्दै नाराबाजी गरेका थिए। प्रचण्डविरुद्ध चर्को नाराबाजी गरेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिंदा मुख थुनेको थियो जसको व्यापक आलोचना भएको थियो।
उनीहरुले ‘गरिबमारा प्रचण्ड मुर्दावाद, मूल्यवृद्धि खारेज गर्, नालायक सरकार होसियार, मिटर ब्याज ब्याक गर्, युवाहरुलाई मार्न पाइँदैन, यस्तो सरकार चाहिँदैन जस्ता नारा लगाएका थिए।
प्रचण्डको चर्को आलोचनासहित नाराबाजी गरेपछि प्रहरीले मुख थुन्दै उनीहरुलाई कार्यक्रमस्थलबाट बाहिर निकालेको थियो।
ती युवाले 'आतंककारी प्रचण्ड मुर्दावाद'को नारासमेत लगाउन भ्याएका थिए।उनीहरुलाई नारा लगाउन नदिन प्रहरीले मुख थुनिदिएको थियो भने लछारपछार पार्दै पार्टी प्यालेसबाट बाहिर निकालेको थियो। त्यसपछि प्रचण्ड केहीबेर भाषण गरेर त्यहाँबाट बाहिरिएका थिए।
प्रतिक्रिया