समाज


आज राति यी प्रदेशमा मध्यमदेखि भारीसम्म वर्षाको सम्भावना

आज राति यी प्रदेशमा मध्यमदेखि भारीसम्म वर्षाको सम्भावना

नेपालखबर
असार ३१, २०८३ बुधबार २०:३६, काठमाडौँ

अहिले (बुधबार बेलुका) देशका विभिन्न भागमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज रातिका लागि देशभर साधारणतया बादल लाग्नेछ।

अनि देशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ।

यसैगरी मधेस प्रदेश तथा कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभाग तथा सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानमा पनि रातिलाई मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ।

कोसी र बागमती प्रदेशका हिमाली भूभाग तथा कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका एक-दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ।

हेर्नुहोस् शुक्रबारसम्मकै वर्षा प्रक्षेपण

 

हल्का, मध्यम, भारी र धेरै भारी वर्षा भनेको के हो?

मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्‍यो भने हल्का वर्षा, १० मिलिमिटरभन्दा धेरै तर ५० मिलिमिटरभन्दा कम पानी पर्‍यो भने मध्यम वर्षा तथा ५० मिलिमिटरभन्दा धेरै तर १०० मिलिमिटरभन्दा कम वर्षा भयो भने भारी वर्षा भएको भनिन्छ।

यस्तै २४ घण्टामा १०० मिलिमिटरभन्दा धेरै तर २०० मिलिमिटरभन्दा कम पानी परेमा धेरै भारी तथा २०० मिलिमिटर भन्दा धेरै वर्षा भएमा अति भारी वर्षा भएको भनिन्छ।

एक-दुई स्थानकेही स्थानधेरै स्थान र अधिकांश स्थानमा वर्षा भन्नाले के बुझिन्छ?

मौसमविद्का अनुसार एक-दुई स्थानमा वर्षा हुने सम्भावना भन्नाले १० प्रतिशतभन्दा कम भूभागमा पानी पर्छ भनिएको हो।

अनि १० देखि ३० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘थोरै स्थान’मा वर्षा हुन्छ भनिन्छ।

यसैगरी ३० देखि ५० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘केही स्थान’मा तथा ५० देखि ८० प्रतिशत भूभागमा वर्षा हुने सम्भावना हुँदा ‘धेरै स्थान’मा वर्षा हुने सम्भावना छ भनिन्छ।

अनि ८० प्रतिशतभन्दा बढी भूभागमा पानी पर्ने सम्भावना हुँदा मौसमविद्ले ‘अधिकांश स्थान’मा वर्षा हुने सम्भावना छ भन्छन्।

मौसमका लागि प्रयोग हुने शब्दावलीबारे विस्तृत जानकारीका लागि तलको तालिका हेर्नुहोस्

 

आज यी जिल्लामा बाढीको जोखिम

आज पनि देशका विभिन्न जिल्लामा बाढीको जोखिम हुने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। 

बाढी महाशाखाका अनुसार राजधानी काठमाडौँसहित देशका २२ जिल्ला र त्यस आसपासका खोला तथा नदीमा बाढी आउने र जोखिम निम्तिने सम्भाना देखिएको हो। 

बाढी महाशाखाले सूचना जारी गरी भनेको छ, ‘आज पाँचथर, इलाम, धनकुटा, तेह्रथुम, भोजपुर, खोटाङ, उदयपुर, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, धादिङ, लमजुङ, कास्की, नवलपरासीपूर्व, नवलपरासीपश्चिम, पाल्पा, पर्वत, प्युठान, दाङ र आसपासका जिल्ला भई वहने ससाना नदीहरूको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम सम्भावना छ।’

बाढीबारे विस्तृत जानकारी तल

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad