ad ad

समाज


सुशासन तथा भ्रष्टाचार निवारण विषय विद्यालय तहमै राख्न जोड

सुशासन तथा भ्रष्टाचार निवारण विषय विद्यालय तहमै राख्न जोड

नेपालखबर
चैत १३, २०७९ सोमबार २०:४७, काठमाडौँ

त्रिभुवन विश्वविद्यालयले सुशासन तथा भ्रष्टाचार निवारण अध्ययन विषयलाई विद्यालय स्तरसम्मकै पाठ्यक्रममा समावेश गर्न पहल गर्ने भएको छ।

विश्वविद्यालयले आयोजना गरेको एक कार्यक्रममा सुशासनका पक्षमा र भ्रष्टाचार विरुद्धको अभियान सशक्त बनाउन प्राथमिक तहबाटै विद्यार्थीलाई शिक्षित गर्दै लानुपर्ने आवश्यकता महशुस भएको प्राध्यापक तथा वरिष्ठ अर्थशास्त्रीहरुले व्यक्त गरेका हुन्।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालय, मानविकी तथा समाज शास्त्र संकायका डीन प्राडा कुशुम शाक्यले संसारभरी नै सुशाशनको महत्व बढ्दै गएको र यसले समग्र विकासमा ठूलो सहयोग पुग्ने र सामाजिक रुपान्तरणमा सहयोग पुग्ने महसुस गरि यस्तो विषय त्रिभुवन विश्वविद्यालयले सुरु गरेको बताए।

त्यसैगरि त्रिभुवन विश्वविद्यालय सुशाशन तथा भ्रस्टाचार निवारण अध्ययन केन्द्रका प्रमुख तथा केन्द्रीय अर्थशास्त्र विभागका सहप्राध्यापक डा. रमेश पौडेलले कुनै पनि अशल व्यक्ति र शैक्षिक संस्थाले देश्मा सुशासन स्थापित गर्न र भ्रष्टाचार विरोधी चेतनाको विकास गर्न योगदान गर्नु पर्ने बताए। उनले आवश्यक परे त्रिभुवन विश्वविद्यालयले यो अध्ययनलाई प्राथमिक शिक्षासम्मै बिस्तार गर्नु पर्नेमा जोड दिए। 

यसैगरी त्रिभुवन विश्वविद्यालय, मानविकी तथा समाज शास्त्र संकायका सहायक डीन  प्राडा तारा प्रसाद भुसालले विद्यार्थीहरुले पढ्ने विभिन्न सेमेस्टरको बारेमा बताउँदै आजका विद्यार्थी भोलिका दिनमा यस क्षेत्रका विज्ञका रुपमा तयार हुने आशा र विश्वाश व्यक्त गरे। 

कार्यक्रममा त्रिभुवन विश्वविद्यालय सुशाशन तथा भ्रस्टाचार नियन्त्रण अध्ययन केन्द्रका अध्यापक तथा नेपाल आर्थिक संघका महासचिव डा गोपाल प्रसाद तिवारीले सुशाशन तथा भ्रष्टाचार निवारणको अध्ययन अध्यापनले  व्यक्ति र समाजमा जवाफदेहिता बढाउने र नेपाल जस्तो विकाशशील देशमा शासनको प्रभावकारिता बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .