ad ad

समाज


प्राविधिक एआईजीमा गरिएको बढुवा सिफारिस विवादित, लोकसेवा आयोगमा पर्‍याे उजुरी

प्राविधिक एआईजीमा गरिएको बढुवा सिफारिस विवादित, लोकसेवा आयोगमा पर्‍याे उजुरी

नेपालखबर
पुस १८, २०७६ शुक्रबार १२:२९,

नेपाल प्रहरीको प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा सिफारिसविरुद्ध लोकसेवा आयोगमा उजुरी परेको छ।

लोकसेवामा उजुरी परेसँगै प्रहरी अस्पतालको प्राविधिक एआईजीमा भएको बढुवा विवादित बन्न थालेको हो। पहिलो वरियताका डीआईजी डा. मिनराज पाठक एआईजीमा भएको बढुवा न्यायसंगत नभएको भन्दै लोकसेवामा उजुरी दिन पुगेका हुन्।

आफूभन्दा कनिष्ठलाई एआईजी बनाएको भन्दै शुक्रबार दिउँसो डा. पाठकले लोकसेवा आयोगको बढुवा तथा विभागीय सजाय परामर्श शाखामा उजुरी दिँदै निर्णय बदर गराउन माग गरेका छन्।

डीआईजी हुँदा एक नम्बर वरियतामा रहेका पाठकले आफूभन्दा कनिष्ठ डीआईजी डा. आशा सिंहलाई एआईजीमा बढुवा गरेर आफूमाथि अन्याय गरेको बताउँदै आएका छन्।

प्राविधिक प्रहरी निरीक्षकबाट २०५२ सालमा प्रहरी सेवामा प्रवेश गरेका पाठकले डीएसपी, एसपी, एसएसपी र डीआईजी बढुवासम्म आफू सधैं पहिलो नम्बरमा रहेको र पछिल्लो ३ वर्षको कार्यसम्पादन मूल्यंकनमा आफूमाथि अन्याय गरिएको आरोप लगाएका छन्।

प्रहरी अस्पतालकी प्रमुख डा. दुर्गा थापाले ३ पुसमा अवकाश पाएपछि वरिष्ठताको आधारमा पाठकलाई नै निमित्त प्रमुखको जिम्मेवारी दिइए पनि बढुवा गर्दा भने दोस्रो वरियताकी सिंहलाई गरिएको हो।

यही पुस १४ गते गृहसचिवको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले सिंहलाई एआईजीमा सिफारिस गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .