ad ad

अटो


पर्यटन क्षेत्रमा विद्युतीय सवारी प्रयोग गर्न माग

पर्यटन क्षेत्रमा विद्युतीय सवारी प्रयोग गर्न माग

नेपालखबर
पुस १८, २०७६ शुक्रबार ११:५२,

‘पर्यटन विधेयक २०७६’ पर्यावरण मैत्री हुनुपर्ने सरोकारवालाले सुझाव दिएका छन्। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तयार पारेको मस्यौदा विधेयकमा स्वच्छ वातावरण, खाद्य सुरक्षा, विद्युतीय सवारी प्रयोग गर्न सुझाव दिएका छन् ।

मन्त्रालयले सरोकारवाला पक्षसंग राखेको छलफल कार्यक्रममा पर्यटन बोर्डका विमल कंडेलले पर्यटन क्षेत्रको लागि विद्युतीय सवारी प्रयोग गर्ने व्यवस्था गर्नु पर्ने सुझाव दिएका छन्। उनले जंगल सफारी गर्दा गाडीले वन्यजन्तुलाई असर गरेको भन्दै विद्युतीय गाडीको प्रयोग गर्ने व्यवस्था गर्नुपर्ने सुझाव दिए।

त्यस्तै पर्यटन व्यवसायीहरुले विश्वमा जलवायु परिवर्तनको विषयमा ठुलो बहस भएको भन्दै वातावरण मैत्री सेवामा ध्यान दिनुपर्ने सुझाव दिएका छन्। मन्त्रालयले तयार पारेको विधेयकमा सवारी सम्बन्धी कुनै व्यवस्था नभएको भन्दै छुट्टै दफा राख्न माग गरेका छन्।

ट्राभल एजेन्सी सम्बन्धी व्यवस्थामा व्यवसायीको आपत्ति
विधेयकको परिच्छेद ४ मा ट्राभल एजेन्सी सम्बन्धी व्यवस्थामा व्यवसायीले आपत्ति जनाएका छन्। अहिले नै धेरै ट्राभल एजेन्सी भएको भन्दै विधेयकमा उल्लेख गरेको व्यवस्थाले झन् धेरै एजेन्सी खुल्ने बताएका छन्।

परिच्छेद ४ को दफा ३२ मा अनुमति लिनुपर्ने व्यवस्था गरेको छ। सोही दफाको उपदफा १ मा अन्तर्राष्ट्रिय रुपमा ट्राभल एजेन्सीको काम गर्न चाहने व्यक्ति, संस्था वा कम्पनीले विभागबाट तोकिएको बमोजिम हुनुपर्ने रहेको छ।

दफा २ मा मुलुक भित्रको काम गर्न चाहने व्यक्ति, संस्था वा कम्पनीले प्रदेश मन्त्रालय वा प्रदेश मन्त्रालयले तोकेको कार्यालयबाट प्रदेश कानून बमोजिम अनुमति लिनुपर्ने व्यवस्था गरेको छ। त्यस्तै दफा ३४ मा ट्राभल एजेन्सीको वर्गीकरण सम्बन्धी व्यवस्था रहेको छ। दफा १ मा मन्त्रालयले ट्राभल÷टुर सम्बन्धी व्यवसायलाई आन्तरिक, बाह्य, कार्गो, टिकेटिङ्ग वा अन्य कार्यक्षेत्रगत उपयुत्तताका आधारमा तोकिए बमोजिम वर्गिकरण गर्न सक्ने व्यवस्था गरेको छ।

व्यवसायीहरुको सुझाव सम्बोधन गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव केदार बहादुर अधिकारीले विधेयकको व्यवस्था नमान्ने भए सबै ट्राभल एजेन्सी प्रदेश माताहतमा जाने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .