समाज


सांसद अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी

सांसद अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी

नेपालखबर
पुस १८, २०७६ शुक्रबार ५:३७,

नेपाली कांग्रेसका तर्फबाट कपिलवस्तु क्षेत्र नं. ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य अभिषेकप्रताप शाहविरुद्ध ज्यान मार्ने उद्योगमा पक्राउ पुर्जी जारी भएको छ।

सांसदले राप्रपाका केन्द्रीय सदस्य तथा कलाकार श्यामकुमार मिश्रको ज्यान मार्ने उद्योग गरेको भन्दै उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो।

आफूमाथि ज्यान मार्ने प्रयास गरेको भन्दै मिश्रले बिहीबार इलाका प्रहरी कार्यालय कृष्णनगरमा जाहेरी दिएका थिए।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी सुनिल मल्लले कपिलवस्तु जिल्ला अदालतले सांसद शाह बिरुद्ध ज्यान मार्ने उद्योगका पक्राउ पुर्जी जारी गरेको बताए। उनले सांसद शाहलाई पक्राउ गर्नका लागि आवश्यक निकायमा पत्राचारको तयारी भइरहेको बताए। ‘अदालतले पक्राउ पुर्जी जारी गरिसक्यो’, डीएसपी मल्लले नेपालखबरसँग भने, ‘त्यसका लागि आवश्यक निकायमा पत्रचार गर्ने तयारी भइरहेको छ।’

सांसद शाहले यही पुस ५ गते आफ्नै घरमा बोलाई कोठाभित्र थुनेर नसालु पदार्थ सुँधाएर कुटपिट गरेको राप्रपा नेता मिश्रको आरोप छ। मिश्रले शाहले आफ्नो मुखभित्र बन्दुक राखेर ज्यानमार्ने घम्की दिएको र सो क्रममा आफ्नो दाँत समेत हल्लिएको र मुखमा चोट लागेको उजुरीमा उल्लेख गरेका छन्। नेता मिश्राले स्थानीय तहको निर्वाचनलाई लिएर आफूमाथि आक्रमण भएको समेत बताए।

संसदलाई पक्राउ गर्दा संसद सचिवालयलाई जानकारी गराउँनु पर्ने कानुनी प्रावधान छ। संसद सचिवालयका कानुनी सल्लाहकार अर्जुनकुमार खड्काले फौजदारी अभियोगमा सांसदलाई पक्राउ गर्नु अघि त्यसको जानकारी गराउने प्रावधान कानुनमा रहेको बताए। उनले भने ‘सचिवालयलाई जानकारी गराउनु पर्छ, अनुमति लिनु पर्दैन्।’


सांसद शाह भने व्यक्तिगत कामले हाल भारतको लखनउमा छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad