राजनीति


अमेरिकी राष्ट्रपति ट्रम्पको आदेशमा मारिए इरानको विशेष सैन्य दस्ताका कमाण्डर

अमेरिकी राष्ट्रपति ट्रम्पको आदेशमा मारिए इरानको विशेष सैन्य दस्ताका कमाण्डर

नेपालखबर
पुस १८, २०७६ शुक्रबार ४:५४,

अमेरिकाले इराकको बगदादमा बिहीबार राती गरेको हवाई हमलामा इरानको क्वीड दस्ताका प्रमुख जनरल कासिम सुलेमानी मारिएका छन्। हमलामा पपुलर मोबिलाइजेसन फोर्सका उपकमान्डर अबु मेहदी पनि मारिएका बीबीसीले जनाएको छ।

क्वीड इरानका सर्वोच्च नेता आयोतुल्ला खुमेनीको नेतृत्वमा रहने सैन्य दस्ता हो। सन् १९९८ देखि नै कासिमले यसको नेतृत्व सम्हालेका थिए। इरानी टेलिभिजनले पनि कासिम र अबु मारिएको पुष्टी गरेको छ।

शुक्रबार बिहानै विमानस्थलमा अमेरिकी सेनाले करबाही गरेको हो। घटना कति जनाको मृत्यु भयो भन्ने खुल्न बाँकी छ।

अमेरिकी रक्षा मन्त्रालयले राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा अमेरिकी सेनाले सुरक्षाका लागि रक्षात्मक कारवाही गरेको जनाएको छ। कासिमले केही महिनादेखि आफू र आफ्ना गटबन्धनविरूद्ध हमला गराइरहेको रक्षा मन्त्रालयले भनेको छ।

रक्षा मन्त्रालयको वक्तव्यमा कासिमले २७ डिसेम्बरको हमला पनि गराएको र यसै साता बगदादस्थित अमेरिकी दुतावासमा हमला गर्ने अनुमति पनि दिएको दावी गरिएको छ।

‘आफ्ना नागरिकको रक्षाका लागि अमेरिका आवश्यक कुनै पनि कारवाही गर्न लागिरहनेछ’, वक्तव्यमा भनिएको छ, ‘यो हवाई हमला भविष्यमा इरानले गर्नसक्ने हमलाका योजनालाई रोक्ने उदेश्यले गरिएको हो।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad