काठमाडौँ महानगरपालिका-१० थापागाँउमा पार्किङ गरी राखेको मारुती भ्यानमा अज्ञात व्यक्तिले आगो लगाएको छ।
बानेश्वर ब्याङक्वेट नजिकै पार्किङ गरी राखिएको बा ८ च ९६४४ नम्बरको मारुती भ्यानमा गए राति ३ बजे आगो लगाइएको प्रहरीले जनाएको छ।
आगलागीको खबर पाउनासाथ बानेश्वर वृत्तबाट खटिएको प्रहरी टोली र स्थानीयले आगो निभाएका छन्।
आगलागीबाट भ्यान पूर्णरुपमा जलेर नष्ट भएको छ।
भ्यानमा आगो लगाउनेको पहिचान भएको छैन। भ्यान धनी पनि फेला नपरेका प्रहरीले जनाएको छ। घटनाको विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको छ।

प्रतिक्रिया