समाज


काठमाडौँसहित देशैभर वर्षा र हिमपातको सम्भावना

काठमाडौँसहित देशैभर वर्षा र हिमपातको सम्भावना

नेपालखबर
पुस १८, २०७६ शुक्रबार २:३०,

आज (शुक्रबार) देशका विभिन्न भागमा वर्षा तथा हिमपातकोे सम्भावना छ।

केही दिनअघि नेपाल भित्रिएको पश्चिमी न्यून चापीय प्रणालीका कारण आज पनि दिनभर नै देशैभरको मौसम बदली हुने छ।

मौसम पूर्वानुमान महाशाखाकी वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरका अनुसार काठमाडौँ उपत्यकासहित देशका धेरैजसो ठाउँमा आज वर्षा हुनेछ।

‘उच्च पहाडी तथा हिमाली भेगमा भारी हिमपातको पनि सम्भावना छ,’ मानन्धरले नेपालखबरसँग भनिन्, ‘काठमाडौँमा आज हिजो भन्दा ठूलो पानी पर्ने सम्भावना छ। पश्चिम र मध्य क्षेत्रका केही स्थानमा मध्यम स्तरसम्मको वर्षा हुने सम्भावना छ।’

बिहीबार काठमाडौँमा शून्य दशमलव २ मिलिलिटर वर्षा भएको थियो। हिजो डढेलधुरामा ३ दशमलव ६ मिलिलिटर वर्षा भएको महाशाखाले जनाएको छ।

अहिले पूर्वी भेग बाहेक देशका सबै क्षेत्रमा बदली छ। घाम लागेको छैन। घाम नलाग्दा चिसो बढेको छ। शनिबारबाट भने मौसममा सुधार हुँदै जाने उनले बताइन्।

महाशाखाले जारी गरेको आगामी तीन दिनको मौसम पूर्वानुमान यस्तो छ

पुस १८ गते (शुक्रबार)
दिउँसो : देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा मध्यमदेखि भारी हिमपात र पहाडी तथा तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ।

राति : देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा मध्यमदेखि भारी हिमपात र पहाडी तथा तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ।

पुस १९ गते (शनिबार)
दिउँसो देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा हल्का देखि मध्यम हिमपात र पहाडका थोरै स्थानमा हल्का वर्षाको संभावना रहेको छ।

राति देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभाग थोरै स्थानमा हल्का हिमपात र पहाडका एक दुई स्थानमा हल्का वर्षाको संभावना रहेको छ।

पुस २० गते (आइतबार)
दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभाग थोरै स्थानमा हल्का हिमपात र पहाडका एकदुई स्थानमा हल्का वर्षाको संभावना रहेको छ।

राति : देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभाग थोरै स्थानमा हल्का हिमपात र पहाडका एकदुई स्थानमा हल्का वर्षाको संभावना रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad