समाज


(अपडेट) कर्णाली जिप दुर्घटनाका मृतक चारैजनाको सनाखत

(अपडेट) कर्णाली जिप दुर्घटनाका मृतक चारैजनाको सनाखत

नेपालखबर
पुस १७, २०७६ बिहिबार १२:१७,

बाजुराको हिमाली गाउँपालिका–७ मा जिप दुर्घटनामा परी मृत्यु हुने चारै जनाको सनाखत भएको छ। दुर्घटनामा चार जना घाइते र एक जना बेपत्ता छन्। घाइतेमध्ये एकको अवस्था गम्भीर छ।

धुलाचोरबाट कोल्टी जाँदै गरेको से१ज १०६४ नम्बरको जिप कर्णाली नदीमा खसेर दुर्घटना भएको हो। जिप नदीमा डुबेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा बाजुरा जगन्नाथ गाउँपालिका–५ का २७ वर्षीय गाडी चालक तथा साहु रमेश शाही, बाजुराकै हिमाली गाउँपालिका–६ धुलाचौरका ३५÷३६ को पवन भण्डारी, कैलालीको मोहन्याल गाउँपालिका–५ का ३३ वर्षीय दिनेशकुमार घर्तीमगर र मुगुको मुगुकर्मारोग गाउँपालिका– ८ का ३९ वर्षीय पेमा लामा रहेका छन्।

घटनामा बाजुरा स्वार्माकार्तिक गाउँपालिका–४ वाई का १२/१३ वर्षकी सुसीला बिक वेपत्ता छिन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

घाइते मुगुको मुगुकर्मारोग गाउँपालिका– ८ का २० वर्षीय गोम्चे लामा, सोही स्थानका टोर्चे लामा, बाजुरा बुढीनन्दा गाउँपालिका–६ की २२ वर्षीया सरु बिक उनकी छोरी २ वर्षीया बालिकालाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी कोहलपुर ल्याइएको छ।

बालिकाकी आमा सरु बिकको अवस्था चिन्ताजनक छ भने बालिका सामान्य घाइते भएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .