राजनीति


चक्रपथको सडक ३१ मिटर चौडा हुने, जग्गा अधिग्रहणका लागि स्वीकृति

चक्रपथको सडक ३१ मिटर चौडा हुने, जग्गा अधिग्रहणका लागि स्वीकृति

नेपालखबर
पुस १७, २०७६ बिहिबार १२:२२,

सरकारले दोस्रो चरणको चक्रपथ विस्तार अभियान अन्तर्गत कलंकी–महाराजगञ्ज–धोबीखोला सडक खण्डका लागि जग्गा अधिग्रहण गर्न स्वीकृति प्रदान गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले सो सडक बिस्तारका लागि जग्गा अधिग्रहण गर्न स्वीकृति प्रदान गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमनत्री गोकुल बाँस्कोटाले जानकारी दिए।

मनित्रपरिषदका निर्णय सार्वजनिक गर्न बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले सडकको चौडाइ ३१/३१ मिटर बनाउने गरी जग्गा अधिग्रहण गर्न स्वीकृति दिइएको बताए। सो सडकखण्ड चीन सरकारको सहयोगमा बिस्तार गर्न लागिएको हो।

 त्यस्तै मन्त्रिपरिषद बैठकले सांस्कृतिक संस्थानको रिक्त अध्यक्षमा प्रेमनाथ अधिकारी र महाप्रवन्धकमा अशोककुमार राईलाई चार वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको छ।

 बैठकले नेपालमा गैरकानुनी रूपमा बसोबास गर्दै आएका इजिप्टका ४ नागरिकलाई भिसा दिस्तुर तथा बिलम्ब शुल्क बापतको ४ हजार ६ सय ४०अमेरिकी डलर तथा जरिवाना बापतको २ लाख रुपैयाँ मिनाहा गरी नेपालबाट निष्कासन गर्ने निर्णय गरेको हो।

त्यस्तै ऋण असुली न्यायीकरणको रिक्त बैंकिङ सलदस्य पदमा काठमाडौँ टोखाका नरेशराज अर्याललाई पाँच वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको छ।

हेरौँ मन्त्रिपरिषदका १४ निर्णय

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .