वर्षाका कारण राजधानी जाकर्तामा भिषण बाढी आउँदा १६ जनाको मृत्यु भएको छ।
मंगलबार एक दिनमा परेको पानीले ठूलो समस्या निम्तिएको जनाइएको छ। जाकार्ताको मौसम विभागले मंगलबारको वर्षा असामान्य भएको बताएको छ।
विभागले विभिन्न क्षेत्रमा ३७७, ३३५, २५९, १५० मिलिमिटर पानी परेको जनाएको छ। एक दिनमा १५० मिलिमिटरभन्दा बढी पानी परे त्यसलाई खतरा मानिन्छ।
मृत्यु हुनेको उमेर समूह ८ देखि ८२ वर्षसम्मको भएको जनाइएको छ। एक १६ वर्षे किशोरको विद्युत पानीमा प्रवाह हुँदा मृत्यु भएको जनाइएको छ।
यसअघि सन् २०१३ मा बाढीका कारण ४७ जनाको मृत्यु भएको थियोभने सन् २००७ मा ५० जनाको मृत्यु भएको थियो।

3
Shares

प्रतिक्रिया