समाज


महोत्तरीमा किशोरमाथि गोली प्रहार, स्थानीय अस्पतालले पठायाे काठमाडौं

महोत्तरीमा किशोरमाथि गोली प्रहार, स्थानीय अस्पतालले पठायाे काठमाडौं

शैलेन्द्र महताे
पुस १६, २०७६ बुधबार १७:३,

महोत्तरीकाे जलेश्वर नगरपालिका-५ विसनपुरका एक किशोरमाथि गोली प्रहार गरी गम्भीर घाइते बनाइएको छ। स्थानीय अस्पतालले उपचार असम्भव भन्दै ती घाइतेलाई काठमाडाैं पठाएकाे छ।

१४ वर्षीय अक्षय कापरलाई पिकनिक मनाउन गएको बेला त्यहि ठाउँका अन्दाजी ४० वर्षीय विनय सिंहले गोलि हानी भागेको घाइते किशोरका परिवार सदस्यहरुले बताएका छन्। भारतसँगको सीमा छेउमैं साँझ ६ बजेको समयमा घट्ना भएको बताइएको छ।

‘घट्नालगत्तै विनय सिंहको परिवारको एक सदस्यलाई नियन्त्रणमा लिइएको छ। फरार सिंहको खोजी जारी छ,’ प्रहरी उपरिक्षक (एसपी) श्यामकृष्ण अधिकारीले बताए।

गोलिबाट गम्भीर घाइतेलाई उपचारको लागि जनकपुरको जानकी हेल्थकेयरमा भर्ना गरिएकोमा अस्पतालले यहाँ उपचार सम्भव नभएको भन्दै काठमाडौं रेफर गरेकाे छ।

पिकनिक मनाउन गएका उनलाई साँझ गोलि लागेको अवस्थामा घर ल्याएपछि तुरुन्तै जनकपुरको जानकी हेल्थकेयरमा ल्याइएको घाइतेकी काकी उसादेवि कापरले बताइन्। उनले पहिला कसैसँग रिसइवि झैझगडा भएको जानकारी समेत नभएको बताइन्।

स्थानीय अस्पतालले काठमाडाैं पठाएपछि राती नै एम्बुलेन्सबाट राजधानीतर्फ लगिएकाे छ।

injured111

 

injured222

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad