सेयरबजारमा आज ३.८१ अंकको गिरावट आएको छ।
नेप्से उक्त अंकले घटेर २०१९.७३ विन्दुमा झरेको हो।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज कारोबार रकम पनि घटेको छ।
यसअनुसार २६२ कम्पनीको ३९ लाख कित्ता सेयर १ अर्ब ३८ करोडमा कारोबार भएको हो।
आज दिनभरिमा २८ हजार ६८४ पटक खरिदबिक्री भएको नेप्सेले जनाएको छ।
योसँगै ८८ कम्पनीको सेयर बढे पनि ११८ वटाको घटेको र १० वटाको उही मूल्यमा कारोबार भएको छ।
आज ३ वटा लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको छ। यसअनुसार आँधीखोला, आदर्श र खप्तड लघुवित्तको सेयर १० प्रतिशतले बढ्दा लगानीकर्ताले कमाएका हुन्।
त्यसैगरी आज प्रिमियर इन्स्योरेन्स, राप्ति हाइड्रोलगायतका सेयरधनीले धेरै गुमाएका छन्।
सर्वाधिक कारोबारमा युनिभर्सल पावर कम्पनीले सबैलाई उछिनेको छ। कम्पनीको ७ करोड ५५ लाखको सेयर कारोबार भएको हो।
Shares

प्रतिक्रिया