ad ad

समाज


पत्रकार संगीतश्रोता झुक्किएर पक्राउः प्रहरी

पत्रकार संगीतश्रोता झुक्किएर पक्राउः प्रहरी

नेपालखबर
असार ११, २०७६ बुधबार १२:५५,

पक्राउ परेका पत्रकार तथा कवी संगीत श्रोता ‘झुक्किएर’ पक्राउ परेको प्रहरीले जनाएको छ।

बुधबार दिउँसो काठमाडौंको प्रदर्शनीमार्गस्थित आरआर कलेज अगाडिबाट प्रहरीले पक्राउ गरेकाे थियाे। त्यसबारे बुझ्न गएका पत्रकारहरुको टोलीसँग प्रहरीले ‘थाह नभएका कारण’ पक्राउ गरिएको बताएको हो।

प्रहरी नायव उपरीक्षक कौशल बुढाथोकीले थाहा नभएका कारण पक्राउ गरिएको भन्दै अबदेखि पत्रकारलाई बिनाकारण पक्राउ नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। नयाँ पत्रिकामा कार्यरत पत्रकार श्रोता पक्राउ पर्नुको कारणबारे बुझ्न प्रधान सम्पादक कृष्णज्वाला देवकोटा तथा सम्पादक उमेश चौहान महानगरीय प्रहरी वृत्त सिंहदरबार पुगेका थिए।

आरआर कलेजमा आयोजित एक कार्यक्रमबाट बाहिरिँदै गर्दा ‘मास्क’ लगाएर आएका प्रहरीले उनलाई पक्राउ गरी महेन्द्र पुलिस क्लबमा लगेका थिए।

प्रहरीले उनीसँगै अर्का कवि रसुवाली कविलाई पनि गिरफ्तार गरेको छ। रसुवाली कवि केही समय अगाडि पक्राउ परेर स्रष्टाहरुको दबाबपछि रिहा भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .